जुस पिएर ‘अनशन जारी’ भनेकी नर्स डिक्कीको अनशन पुन: तोडियो (११ बुँदे सम्झौता सहित)

फाइल तस्बिर

काठमाडौँ, ७ जेठ । जुस पिइसकेपछि अनशन जारी भनेकी शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी नर्स डिक्की शेर्पाले अनशन तोडेकी छन् । प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठसंग केही बेर अघि ११ बुँदे सम्झौँता गर्दै उनले अनशन तोडेकी हुन् ।

यद्धपी सोमबार जुस पिइसकेपछि मंगलबार धोका भयो भन्दै बक्तव्य जारी गरेपछि डिक्कीको विश्वसनीयतामा भने धेरैले शंका व्यक्त गरेका छन् ।

मंगलबारको सहमति पत्रमा गत सोमबार भएको १० बुँदे सम्झौँतामा केन्द्रका तर्फबाट केही शव्द परिमार्जन गरिएको छ । यस्तै ११ औँ बुदामा सम्भव भएसम्म हप्ताको २ दिन लोकसेवा आयोगको तयारी कक्षा चलाउने भन्ने समेत छ ।

यसअघि भएको सम्झौँतामा शेर्पाका तर्फबाट तीन जना नर्सले हस्ताक्षर गरेका थिए । तर आजको सहमति पत्रमा भने शेर्पा आफैले हस्ताक्षर गरेकी छन् । दुई पक्षलाई सम्झौँता गराउने काम अधिवक्त सुरेन्द्र भण्डारीले गरेका हुन् । उनी डाक्टर गोविन्द केसीका समेत कानूनी सल्लाहकार हुन् ।

आलोचित भएपछि ओम अस्पताल सरेकी थिइन शेर्पा

गत सोमबार भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, नेपाल नर्सिङ संघ अध्यक्ष प्राध्यापक तारा पोखरेल र नेपाल शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पाको रोहवरमा जुस पिएको भोलिपल्ट सम्झौँता मान्य नहुने भन्दै अनशन जारी रहेको भनेपछि डिक्की शेर्पा चौतर्फी रुपमा आलोचित बनेकी थिइन ।

सहमति पत्रमा हस्ताक्षर गर्ने र जुस पिउने बेलामा साक्षी बसेका उनीहरु डिक्कीको यस्तो व्यवहारपछि धोका दिएको भन्दै आक्रोशित बनेका थिए । आफ्नो आलोचना बढेपछि उनी हिजो नै प्रत्यारोपण केन्द्रबाट ओम अस्पताल सरेकी थिइन ।

मध्यस्थकर्ता बनेका अधिवक्ता भण्डारीले ओम अस्पतालमा रहेकी डिक्कीको हस्ताक्षर गराई कार्यकारी निर्देशक डा श्रेष्ठलाई हस्ताक्षर गराउन गौशाला पुगेका थिए ।

आज भएको ११ बुँदे सम्झौँता यस्तो छ ।

यो पनि पढनुहोस्……………………

प्रत्यारोपण केन्द्रका नर्ससंग १० बुँदे सहमति, आन्दोलन स्थगित (यस्ता छन् सम्झौँताका बुँदा)

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *