नौ महिनाको अवधिमा स्वास्थ्यले गर्‍यो छ लाखको फोन !

काठमाडौँ, ७ जेठ ।  स्वास्थ्य मन्त्रालयले चालु आर्थिक बर्षको नौ महिनामा बिजुली र खानेपानीमा २४ लाख बढी खर्च गरेको छ । उसले सोही अवधीमा ६ लाख बढीको सञ्चार महसूल तिरेको छ ।

मन्त्रालयले आज सार्वजनिक गरेको चालु आर्थिक बर्षको चैत सम्मको खर्च विवरणमा सो रकम उल्लेख छ । मन्त्रालयले सोही अवधीमा सवारी इन्धनमा ४९ लाख ३१ हजार ५६५ रुपैयाँ खर्च गरेको जानकारी दिएको छ ।

यस्तै अनुगमनमा १६ लाख ८१ हजार, पोशाकमा ११ लाख, विशष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्च भने ४ लाख ६२ हजार ४६४ रुपैयाँ खर्च गरेको उल्लेख छ ।

मन्त्रालयले चालु आर्थिक बर्षको चैतसम्ममा फर्निचर तथा फिक्चर्समा ६ लाख ३१ हजार ७२० रुपैयाँ खर्च गरेको छ । यस्तै मेसिनरी औजारमा १५ लाख ९२ हजार ५६५ रुपैयाँ र सार्वजनिक निर्माणमा १८ लाख १३ हजार ७३५ रुपैयाँ खर्च गरेको उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *