कांग्रेसले बनायो छायाँ सरकार, पार्वता चौधरी बनिन छायाँ स्वास्थ्य मन्त्री

काठमाडौँ, ६ जेठ ।  प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेसले छायाँ सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व गर्ने जिम्मेवारी सांसद पार्वता डीसी चौधरीलाई दिएको छ ।

पार्टीको संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार पार्टी सभापति शेरबहादुर देउवाले सांसदहरूलाई विभिन्न मन्त्रालयको छाँया मन्त्री रुपमा जिम्मेवारी दिने क्रममा समानुपातिक तर्फबाट सांसद बनेकी चौधरीले स्वास्थ्य संयोजकको जिम्मेवारी पाएकी हुन् ।

उनले अब स्वास्थ्य मन्त्रालय समन्वय समितिको नेतृत्व गर्ने छिन् । छाया सरकारमा संयोजकको अतिरिक्त दुई सदस्य पनि तोकिएका छन्। त्यसमा सांसद सिताराम महतो र मोहन आचार्य छन् । महतो गत चुनावमा सुनसरी २ बाट निर्वाचित सांसद हुन् । यस्तै आचार्य रसुवा १ बाट निर्वाचित सांसद हुन् ।

यसैबीच छाँया स्वास्थ्य मन्त्री बनेकी चौधरीले स्वास्थ्यका विषयमा आफू दख्खल नभए पनि सिक्दै जाने बताइन । ‘पार्टीले मलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हेर्ने गरी संयोजकको जिम्मेवारी दिइएको छ । तर स्वास्थ्यमा मेरो विज्ञता होइन । अब सिक्दै जाने हो,’ उनले भनिन् ।

आइ कम सम्मको शिक्षा हासिल गरेकी सांसद चौधरी पार्टीको केन्द्रीय सदस्य हुन् । दोस्रो संविधानसभा निर्वाचनमा दाङबाट प्रत्यक्ष चुनाव लडेर जित हात पारेकी चौधरीले २०७४ सालको चुनावमा भने समानुपातिक कोटाबाट सांसद बनेकी हुन् ।

अरु मन्त्रालयको जिम्मेवारी यसरी बाँढिएको छ

१. ऊर्जा, जलस्रोत तथा सिंचाई
१) माननीय ज्ञानेन्द्र बहादुर कार्की, संयोजक
(२) माननीय सत्यनारायण खनाल
(३) माननीय ज्ञानकुमारी छन्त्याल

२. परराष्ट्र मन्त्रालय
(१) माननीय डा. नारायण खड्का, संयोजक
(२) माननीय डा. अमेरश कुमार सिंह
(३) माननीय दिव्यमणी राजभण्डारी

३. अर्थ मन्त्रालय
(१) माननीय डा. मिनेन्द्र रिजाल, संयोजक
(२) माननीय मीना पाण्डे
(३) माननीय विनोद कुमार चौधरी

४. गृह मन्त्रालय
(१) माननीय दिलेन्द्रप्रसाद वडू , संयोजक
(२) माननीय रमेशजंग रायमाझी
(३) माननीय महेन्द्र कुमारी लिम्बु

५. शहरी विकास मन्त्रालय
(१) माननीय उमाकान्त चौधरी, संयोजक
(२) माननीय मीनाक्षी झा
(३) माननीय रामबहादुर विष्ट

६. युवा तथा खेलकूद मन्त्रालय
(१) माननीय किशोर सिंह राठौर, संयोजक
(२) माननीय रंगमति शाही
(३) माननीय दुर्गा प्रसाद उपाध्याय

७. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
(१) माननीय मीनबहादुर विश्वकर्मा, संयोजक
(२) माननीय विन्दा देवी आले राना
(३) माननीय कर्मा घले

८. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
(१) माननीय गगन कुमार थापा, संयोजक
(२) माननीय उमेश श्रेष्ठ
(३) माननीय नमिता कुमारी चौधरी

९. खानेपानी मन्त्रालय
(१) माननीय सुजाता परियार, संयोजक
(२) माननीय मिना सुब्बा
(३) माननीय नागेन्द्र कुमार राय

१०. स्वास्थ्य तथा जनसंख्या
(१) माननीय पार्वता डि.सी. चौधरी, संयोजक
(२) माननीय सीताराम महतो
(३) माननीय मोहन आचार्य

११. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
(१) माननीय देवेन्द्रराज कण्डेल, संयोजक
(२) माननीय प्रकाश स्नेही रसाइली
(३) माननीय प्रमिला राई

१२. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
(१) माननीय डा. डिला संग्रौला पन्त, संयोजक
(२) माननीय प्रकाश पन्थ

१३. सञ्चार तथा सूचना प्रविधि
(१) माननीय बहादुर सिंह लामा, संयोजक
(२) माननीय सूर्यबहादुर केसी
(३) माननीय विमला नेपाली

१४. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
(१) माननीय लक्ष्मी परियार , संयोजक
(२) माननीय प्रमोद कुमार यादव
(३) माननीय स्मृति नारायण चौधरी

१५. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
(१) माननीय अतहर कमाल मुसलमान, संयोजक
(२) माननीय तेजुलाल चौधरी
(३) माननीय धन कुमारी खतिवडा

१६. कृषि तथा पशुपंक्षी मन्त्रालय
(१) माननीय पद्म नारायण चौधरी, संयोजक
(२) माननीय अनिता देवकोटा
(३) माननीय सरवत आरा खानम हलुवाइनी

१७. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
(१) माननीय उमा रेग्मी , संयोजक
(२) माननीय लालकाजी गुरुङ्ग
(३) माननीय हिरा गुरुङ्ग

१८. रक्षा मन्त्रालय
(१) माननीय भिसेनदास प्रधान, संयोजक
(२) माननीय अभिषेक प्रताप शाह

१९. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
(१) माननीय सञ्जय कुमार गौतम, संयोजक
(२) माननीय जीप छिरिङ लामा
(३) माननीय देवप्रसाद तिमिल्सिना

२०. वन तथा वातावरण मन्त्रालय
(१) माननीय राजेन्द्र कुमार के.सी., संयोजक
(२) माननीय मुक्ता कुमारी यादव

२१. कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
(१) माननीय राधेश्याम अधिकारी, संयोजक

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *