सरकार र आन्दोलनरत नर्सबीच प्रत्यारोपण केन्द्रमा बार्ता
काठमाडौँ, ५ जेठ ।शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आन्दोलनरत नर्स र सरकारका प्रतिनिधिबीच अहिले बार्ता भइरहेको छ । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछानेको संयोजकत्वमा स्वास्थ्य मन्त्रालय, नेपाल नर्सिङ संघ र आन्दोलनरत नर्सका प्रतिनिधिबीच बार्ता भइरहेको हो ।
‘बार्ता सकारात्मक ढंगले अघि बढेको छ । सम्भवत आजै सम्झौँता हुनेछ । हामी त्यहि दिसाबाट अघि बढी रहेका छौँ,’ बार्ता टोलीका सदस्य नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक तारा पोखरेलले भनिन् ।
यसअघि १२ बजे बस्ने भनिएपनि अपरान्ह ३ बजे देखि मात्रै बार्ता शुरु भएको थियो । शुरुमा मन्त्रालयमा बस्ने भनिएपनि पछि बार्ता स्थल प्रत्यारोपण केन्द्रलाई नै बनाइएको हो ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com