जेठ महिना देखि स्वास्थ्य बीमामा आवद्ध हुनेलाई उपचार सुविधा एक लाख रुपैयाँ

काठमाडौँ, ४ जेठ, यो महिना देखि स्वास्थ्य बीमामा आवद्ध हुने बिमितले १ लाख रुपैयाँ सम्मको उपचार सुविधा पाउने भएका छन् । यो महिना अघि स्वास्थ्य बीमा आवद्ध हुनेले बार्षिक ५० हजार रुपैयाँसम्मको मात्रै उपचार सुविधा पाउँदथे ।

स्वास्थ्य वीमा बोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोखरेलका अनुसार दुई महिना अघि पारित भएको स्वास्थ्य बीमा नियमावलीले तोकेको सुविधा १ जेठ २०७६ देखि लागू हुदैछ ।

उक्त नियमावलीले ५० हजार रुपैयाँ सम्मको उपचार सुविधालाई बढाएर १ लाख पुरयाएको छ । यस्तै बार्षिक तिर्नुपर्ने रकम (प्रिमियम) प्रतिपरिवार २ हजार ५ सयबाट बढाएर ३ हजार ५ सय पुरयाएको छ । नियमावलीले ७० बर्ष माथिका जेष्ठ नागरिकलाई १ लाख रुपैयाँसम्मको वीमा निशुल्क गरिदिने व्यवस्था गरेको छ ।

कार्यकारी निर्देशक पोखरेल भने, ‘गत १ जेठ देखि बीमा आवद्ध हुने परिवारले प्रति परिवारलाई (५ जना सदस्य) ३ हजार ५ सय रुपैयाँका दरले प्रिमियम र बार्षिक १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने छन् । जेष्ठ नागरिकले पाउने सुविधा पनि १ जेठ देखि नै कार्यान्वनयमा ल्याइएको छ ।’

उनले त्यसअघि बार्षिक २ हजार ५ सय रुपैयाँ प्रिमियम तिरेर सदस्य बनेकाहरुले भने एक बर्षे अवधी नसकिँदासम्म बार्षिक ५० हजार रुपैयाँ सम्मको सुविधा पाउने स्पष्ट पारे ।

नेपालमा अहिलेसम्म ४४ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आएको छ । अवको केही दिनमै मुटु स्वास्थ्य बीमा लागू गर्ने ४५ औँ जिल्ला हुनेछ । यसै आर्थिक बर्ष भित्र काभ्रे र मोरङ जिल्लामा समेत वीमा कार्यक्रम सञ्चालन गरी तयारी अघि बढेको बोर्डका निर्देशक पोखरेलले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *