स्थायी प्रक्रिया स्थगित गर्न प्रत्यारोपण केन्द्रले पठायो आयोगलाई पत्र

काठमाडौँ, २ जेठ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थायी पदपूर्ति कार्यक्रम रोक्न लोक सेवा आयोगलाई पत्र पठाएको छ । स्थायी पदपूर्ति स्थगित गर्न माग गर्दै आफूकहाँ कार्यरत स्टाफ नर्स अनशन बसेपछि जीवन रक्षाका लागि भन्दै स्थायी पदपूर्ति कार्यक्रम रोक्न आयोगलाई पत्र लेखेको हो ।

पत्रमा केन्द्रमा कार्यरत डिक्की शेर्पा विगत ७ दिन देखि आमरण अनशन बसेको र केन्द्रमा कार्यरत कर्मचारी तथा विभिन्न संघसंस्थाहरुले समेत स्थायी प्रक्रिया रोक्न अनुरोध गरेको उल्लेख छ ।

प्रत्यारोपण केन्द्रका लागि स्थायी पदपूर्ति गर्न आयोगले गत १३ बैशाखमा विज्ञापन प्रकाशित गरेको थियो । त्यसमा ९६ जना स्टाफ नर्स, १० जना एमबीबीएस डाक्टर सहित विभिन्न पदमा १७० जनाका लागि दरखास्त आवहान भएको थियो ।
प्रत्यारोपण केन्द्र प्रशासनले स्टाफ नर्सका लागि अहिलेसम्म ११०० बढीको दरखास्त आइसकेको बताएको छ ।

आयोगले स्थगित गरेमा दरखास्तका लागि लिइएको दस्तुर के गर्ने भन्ने समेत अन्योलता हुने देखिएको छ । यद्धपी त्यससम्वन्धमा छलफल गर्न अस्पताल प्रशासन तथा आयोगका पदाधिकारीहरु बैठक बसिरहेको स्रोतले जानकारी दियो ।

यो पनि पढ्नुहोस्…….

९६ जना स्टाफ नर्स, १० जना एमबीबीएस डाक्टर सहित १७० जनाका लागि स्थायी हुने अवसर

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *