कार्यदलको सुझाव : स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति उपराष्ट्रपति बनाऔँ

काठमाडौँ, १ जेठ । विश्‍वविद्यालय र उच्च शिक्षा प्रदायक स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेको कार्यदलले स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति उपराष्ट्रपतिलाई बनाउन सुझाव दिएको छ । अहिले प्रतिष्ठानको कुलपति प्रधानमन्त्री हुने व्यवस्था छ ।

कार्यदलले मंगलबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा देशको ठूलो र धेरै आङ्गिक क्याम्पस भएका त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र अन्तर्राष्ट्रिय क्षेत्रसँग समन्वय र सहकार्य गर्नुपर्ने नेपाल खुला विश्वविद्यालयको हकमा कुलपतिमा राष्ट्रपति बनाउनुपर्ने सुझाव दिएको छ ।

यी बाहेक अन्य विश्वविद्यालयमा भने कुलपति उपराष्ट्रपति बनाएपनि हुने कार्यदलको सुझाव छ । यस्तै कार्यदलले उपकुलपति पदमा नियुक्तिको लागि एक कार्य अवधिको कार्ययोजना विद्युतीय सञ्चार माध्यमबाट पेस गर्न माग गर्नु पर्ने छ उल्लेख छ ।

त्यसरी पेस भएका कार्ययोजनाहरूको मूल्याङ्कन गरी उत्कृष्टताको आधारमा तीन जनाको नाम सहकुलपतिमार्फत कुलपति समक्ष पेस गर्नुपर्ने छ ।

कार्यदलले यसरी नियुक्त भएका उपकुलपतिको कार्ययोजना सम्बन्धित विश्वविद्यालय वा प्रतिष्ठानको वेबसाइडमा प्रकाशन गर्ने व्यवस्था गर्न उपयुक्त हुन्छ सुझाव दिएको छ ।

कार्यदलले उपकुलपतिमा नियुक्त हुने व्यक्तिले पेस गरेको कार्ययोजना यसरी सार्वजनिक गर्दा गर्दा निजलाई विश्वविद्यालय वा प्रतिष्ठानप्रति जिम्मेवारी बन्न प्रेरित गर्नुका साथै पारदर्शितासमेत कायम हुने उल्लेख गरेको छ ।
कार्यदलले उपकुलपतिका लागि दरखास्त हालेकाहरुलाई विभिन्न सातवटा आधार बनाएर अंक प्रदान गर्न भनेको छ । ती मध्ये प्रथम चरणको छनौट सूचीमा सूचीकृत हुन न्यूनतम ७० प्रतिशत प्राप्ताङ्क ल्याएका उम्मेदवारहरूमध्ये बढीमा सात जनाको नाम सार्वजनिकरूपमा प्रकाशित गर्नु गर्नुपर्ने भनिएको छ ।

शिक्षा मन्त्रालयका सहसचिव डा हरिप्रसाद लम्साल संयोजक रहेको कार्यदलमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा दीपेन्द्ररमण सिंह, इन्द्रप्रसाद अर्याल, शंकरबहादुर केसी, डा मधुर बस्नेत, डुलराज चिमोरिया सदस्यसचिव छन । कार्यदलको सदस्य सचिव विष्णुप्रसाद मिश्र हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *