खुट्टा किन निदाउँछ ?

khutta

तपाईँले पक्कैपनि कुनै न कुनै बेला खुट्टा निदाउँने वा झम झम्झम् गर्ने अवस्थाको महसुस गरेको हुनुहुन्छ होला । एकैठाँउमा नचलिकन बस्दा वा खुट्टा खुम्च्याएर बस्दा प्राय खुट्टा निदाउने गरेको पाइन्छ ।

खुट्टा भारी भएजस्तो हुने, स्पर्श अनुभव गर्न नसक्ने, झन्झनाहट हुने अवस्थालाई खुट्टा निदाएको भनिन्छ । खुट्टामा दवाव पर्न जाँदा यस्तो हुने गर्छ ।

हाम्रो शरीरमा स्नायुकोष( नर्भ)ले मस्तिस्कसम्म पुरयाउने काम गर्छ । शरीरका अन्य भागमा जस्तै खुट्टामा पनि कैयौँ स्नायुको कोषहरु हुने गर्छ ।

खुट्टामा दवा पर्न जाँदा रक्तसञ्चार प्रणाली अवरुद्ध हुन्छ । जस्ले गर्दा प्रशस्त रगत र त्यसको साथमा अक्सिजन प्रर्याप्त पुग्न पाउदैन । यसले गर्दा खुट्टामा स्नायुहरु केही समयको लागि निस्कृय हुन्छन् र बाह्य सन्देश मस्तिस्कसम्म पुग्न सक्दैन् । यसले गर्दा खुट्टा झम झम गर्ने स्पर्श अनुभव गर्न नसकिने र भारी भएको महशुस हुन्छ ।

जव खुट्टामा दवाव हट्छ अथवा खुट्टा चलाइन्छ अथवा मालिस गरिन्छ रक्तसञ्चार पुन नियमित भई खुट्टा निदाउने समस्या हटछ् ।

  • एजेन्सीबाट
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *