सुत्केरीपछि महिलाले आफ्नो स्वास्थ्यमा हेलचक्र्याइँ गर्छन् : सर्वेक्षण

- नेपाली हेल्थ

वासिङ्टन डिसी, २६ वैशाख । महिलालाई गर्भवती भएका बेला वा गर्भवती हुनुभन्दा अगाडि स्वास्थ्यमा अत्यन्तै ख्याल गर्न आवश्यक पर्ने भन्दै सधैँ सल्लाह दिइन्छ ।

तर, एक सर्वेक्षणले गर्भवती भएका बेला महिलाहरुले स्वास्थ्यमा ख्याल गरे पनि सुत्केरी भएपछि भने धेरै महिलाले स्वास्थ्यमा ख्याल नगर्ने गरेको देखाएको छ ।

सर्वेक्षणका अनुसार एक चौथाइ महिलाले सुत्केरीपछि आफैले आफैलाई गर्ने हेरचाहमा हेलचक्र्याइँ गरेको पाइएको छ ।

सर्वेक्षणकर्ताहरुले झण्डै ४० प्रतिशत सुत्केरी महिलाले आफूलाई तनावग्रस्त, पूर्णतया पराजित र बेचैनी महसुस गर्ने गरेको पनि बताएका छन् ।

ओर्लाण्डो हेल्थ विन्नी पाल्मर अस्पतालले गरेको सर्वेक्षणले यस्तो देखाएको अधिकारीहरुले जनाएका छन् ।

अस्पतालले सार्वजनिक गरेको प्रतिवेदनमा ४५ बर्षभन्दा अगाडि सुत्केरी हुने महिलाले ४५ वर्षभन्दा पछि सुत्केरी हुने महिलामा भन्दा बढी तानव लिने गरेको उल्लेख छ ।

थप समाचार

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *