स्वास्थ्य समुहका १५६ जना सहसचिवको समायोजन टुंगियो ?

काठमाडौँ, २६ बैशाख ।  स्वास्थ्य समूहको १५६ जना सहसचिवहरुको नयाँ समायोजन प्रक्रिया टुंगिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसलाई गत सोमबारको मन्त्रिपरिषदले स्वीकृत गरेपछि समायोजन प्रक्रिया टुंगिएको बताइएको छ ।

यद्धपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा यस सम्वन्धी औपचारिक पत्र भने आइसकेको छैन ।

स्वास्थ्य सचिव डा पुष्पा चौधरीले सहसचिवको समायोजन भएको अपुष्ट खबर सुनेपनि औपचारिक जानकारी आइनसकेको बताइन । उनले समायोजन सम्वन्धी पत्र आइसकेपछि पदस्थापन प्रक्रिया शुरु हुने बताइन ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सहसचिवहरुको निर्णयको बारेमा आज जानकारी आउनसक्ने बताए ।

यसअघि २१ माघमा बसेको मन्त्रिपरिषद बैठकको निर्णय भन्दै १५० जना सहसचिवको विवरण प्रकाशित भइसकेको थियो । तर त्यसबीचमा पाँचवटा अस्पताल संघ मातहतमा राख्ने निर्णय र केहीको समायोजन प्रक्रिया विग्रिएको भनिएपछि सो समायोजन स्थगित भएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *