समायोजन गर्ने सरकारको निर्णय उल्ट्याइदिए स्वास्थ्यकर्मीले

काठमाडौँ, २२ बैशाख । एक जना स्वास्थ्यकर्मीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत महिना गरेको समायोजनको निर्णय सर्बोच्च अदालतको सहयोगमा तत्कालका लागि उल्ट्याइदिएका छन् ।

आफू कार्यरत संस्थामै समायोजन हुन चाहेका उनले ऐन विपरित आफूलाई अर्को जिल्लामा पुर्याएपछि सर्बोच्चको सहयोगमा निर्णय उल्ट्याई दिएका हुन् ।

गत १४ चैतमा भएको स्वास्थ्यको समायोजन कर्मचारी समायोजन ऐन २०७५ विपरित आफ्नो सरुवा भएको भन्दै स्वास्थ्यकर्मी अरुणकुमार गिरी सर्बोच्च अदालत पुगेका थिए ।

उनले आफूलाई समायोजन गर्ने निर्णय तत्काल कार्यान्वनय नगर्न नगराउन माग गर्दै सरकारविरुद्ध रिट दायर गरेका थिए । सर्बोच्चले उनको रिटको प्रारम्भिक सुनुवाई गर्दै समायोजन विरुद्ध हुने गरि अन्तरिम आदेश जारी गरेको हो ।

तारकेश्वर नगरपालिकामा कार्यरत सीअहेव गिरी त्यहिका स्थायी बासिन्दा हुन् । तर समायोजनमा उनलाई रामेछापको मन्थली नगरपालिका पठाइएको थियो ।

त्यस विरुद्ध सर्बोच्च पुगेका गिरीको रिटमाथि गत ११ बैशाखमा सुनुवाई गर्दै न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलाशले उनलाई समायोजन गर्ने निर्णय कार्यान्वनय नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई आदेश दिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “समायोजन गर्ने सरकारको निर्णय उल्ट्याइदिए स्वास्थ्यकर्मीले

Leave a Reply

Your email address will not be published. Required fields are marked *