औषधि र मेडिकल उपकरण खरीद गर्ने प्रक्रिया फेर्दैछौँ : स्वास्थ्य राज्यमन्त्री

काठमाडौँ, १३ बैशाख ।  स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले औषधि तथा स्वास्थ्य उपकरणका खरीद सम्वन्धी व्यवस्था परिवर्तन गर्ने बताएका छन् । गुणस्तरीय स्वास्थ्य सेवामा अहिलेको खरीद प्रक्रियासमेत बाधक भएको भन्दै त्यसलाई परिवर्तन गरेरै छाड्ने बताएका हुन् ।

‘सरकारी खरीद प्रक्रियाले सबैभन्दा कम मूल्यमा जसले सामान उपलव्ध गराउँछ त्यहि किन्नुपर्छ भन्ने छ । तर औषधि तथा उपकरणमै सस्तो मात्रै खोजियो भने त्यसले सहि नतिजा दिनै सक्दैन,’ महाराजगञ्ज स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको दशौँ बार्षिकोत्सव समारोहलाई सम्वोधन गर्ने क्रममा मन्त्री डा यादवले अगाडी थपे, ‘त्यसैले खरीद प्रक्रिया परिवर्तन गर्न खोजेको हो ।’ उनले भने ।

उनले औषधि र स्वास्थ्य उपकरण खरीद प्रक्रिया र इटा ढुंगा र ढुवानीको जस्तो घटाघटमा किन्न नमिल्ने बताए ।

‘आर्थिक ऐनले सबैभन्दा सस्तो दरमा खरीद गर्ने कुरा गर्छ । त्यो सबै खाले औषधि वा उपकरणमा लागू गर्न निक्कै गाह्रो हुन्छ । सस्तो औषधि र उपकरणले सहि रिजल्ट दिन्छ भन्ने पनि छैन । त्यसैले हामीले स्वास्थ्य सम्वन्धी औषधि उपकरण खरीदमा नयाँ व्यवस्था लागू गर्ने कि भन्ने सोचमा छौँ ।’

कार्यक्रममा त्रिवि उपकुलपति प्राडा तीर्थ खनिया, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डीन प्राडा जगदीश अग्रवाल, सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठ, प्राडा भगवान कोइरालाले आफ्ना धारणा राखेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *