रोकिएको राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा सुचारु

काठमाडौँ, १२ बैशाख । नर्सहरुको आन्दोलनका कारण बुधबार बेलुकाबाट अस्तव्यस्त बनेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा आज मध्यान्नबाट सुचारु भएको छ । अस्पताल प्रशासनले रोकिएको डायलासिस सेवा, अप्रेशन थिएटर र आइसियू सेवा सुचारु भएको जनाएको छ ।

ओपिडी कक्षमा लागेको तालासमेत प्रहरीको सहयोगमा खोलिएको छ ।

केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले केही नर्सहरु आन्दोलनमा रहेपनि सेवा सुचारु भएको बताए । ‘गम्भीर प्रकृतिका बिरामी जो डायलासिस नगरी हुँदैन् । त्यो सेवा रोक्नै मिल्दैन । ओटी समेत सुरु गर्दैछौँ । आज दुई जनाको मिर्गौला प्रत्यारोपण हुँदैछ । आइसियू पनि सुचारु भएको छ,’उनले भने ।

अस्पतालले केही आफ्ना स्टाफ र केही डायलासिस सिक्न अन्य अस्पतालबाट आएका लाइसेन्स प्राप्त नर्सहरुबाट सेवा सुचारु गरिएको बताएको छ ।

केन्द्रका लागि लोकसेवामार्फत स्थायी प्रक्रिया अघि बढे पछि पुराना स्वत वा आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने, ग्रेडिङ गर्नुपर्ने तथा सेवा सुविधा उपलव्ध गराउनुपर्ने लगायतका छ बुँदे माग राख्दै बुधबार बेलुकाबाट नर्सहरु धर्नामा बसेका थिए ।

नर्सहरु धर्नामा बस्दा केन्द्रको नियमित सेवा अवरुद्ध भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *