स्थायी प्रक्रिया अघि बढाएपछि प्रत्यारोपण केन्द्रका नर्स आन्दोलित

भक्तपुर, १२ बैशाख । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सहरु सेवा बहिस्कार गरि आन्दोलनमा उत्रिएका छन् । उनीहरु आन्दोलनमा उत्रिदा अस्पतालको उपचार सेवा प्रभावित भएको छ ।

अस्पतालले खुल्ला प्रतिस्पर्धामार्फत कर्मचारी स्थायी गर्ने प्रक्रिया अघि बढाएपछि नर्सहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सकेसम्म स्वत स्थायी नभए आन्तरिक प्रतिस्पर्धा गराउन माग गरेका छन् ।

‘सरकारी अस्पताल भए पनि लगभग सबै कर्मचारी अस्थायी छन् । किनभने स्थायी दरबन्दी नै छैन । लामो समयको तयारी पछि यसपटक मन्त्रालयले दरबन्दी स्वीकृत गरि स्थायी पदपूर्तिका लागि लोकसेवालाई आग्रह गर्ने कार्य भइसकेको छ । अव एक दुई दिनमा विज्ञापन खुल्छ सायद । यो कुरा थाह हुँदा हुँदै आन्दोलनमा उत्रिनुको मनसाय के होला ?’ अस्पतालका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए ।

उनले आफ्ना कर्मचारीको सुविधाका लागि अस्पतालले गर्नसक्ने सबै सहयोग गरिरहेको बखतमा बिरामीको उपचार नै प्रभावित हुने गरी आन्दोलन गर्नु दुखद रहेको बताए ।

आन्दोलनको नर्स त्रजिना जतिले पुराना कर्मचारीको ग्रेडिङ, स्थायी लगायतका छ बुँदे माग राखि आन्दोलनमा उत्रिएको भन्दै पुरा नहुँदासम्म सेवामा नर्फकने बताइन । ‘लोकसेवाको लोभ देखाइएको छ । त्यो पनि खुल्ला प्रतिस्पर्धा गर्ने रे । हाम्रो माग आन्तरिक रुपमा प्रतिस्पर्धा गराउँ भन्ने हो । त्यसबाहेक अरु धेरै माग छन्,’ उनले भनिन् ।

करीब छ बर्ष अघि स्थापित केन्द्रले प्रत्यारोपणको क्षेत्रमा बेग्लै पहिचान बनाएको छ । तर पछिल्लो समय विभिन्न मागका नाममा हुने कर्मचारीको आन्दोलनले केन्द्रको सेवालाई खल्वल्याउन खोजेको प्रष्ठ देखिन्छ ।

‘अहिले दैनिक दैनिक एक सय भन्दा बढीको मिर्गौला डायलासिस हुन्छ । हप्ताको ७ वटा जस्तो मिर्र्गौैला प्रत्यारोपण हुन्छ । विरामीको लाइन त कति कति ? तर कहिले के कहिले के गरेर अस्पतालको सेवा प्रभावित बनाउने कोशिश गरिएको छ,’ एक कर्मचारीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *