गाँउ गाँउमा पुगेर गर्भवतीको भिडियो एक्स–रे

हुम्ला, १२ वैशाख । स्वास्थ्य संस्थामा पुगेर गर्भ परीक्षण गराउने पहुँच नपुगेका महिलाको सहजताका सिमिकोट गाँउपालिकाले भिडियो एक्सरे सहितको चिकित्सकको टोली गाँउ पठाएको छ ।

हुम्ला जिल्ला अस्पतालका डा टसी लामाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली गाँउ पुगेको हो । उक्त टोलीले गाँउमा गएर १६ जना गर्भवती महिलाको गर्भपरीक्षण गरेको छ । 

आमा सुरक्षा कार्यक्रमको प्रभावकारिता बढ्दै गएपछि जिल्लामा स्वास्थ्य संस्थामा गएर नियमित गर्भ परीक्षण गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । यद्धपी कतिपय महिलाहरु अहिलेपनि गर्भ परीक्षणको पहुँचमा छैनन् ।

डा लामाले पहुँचविहीन गर्भवतीहरुको लागि आफूहरु गाँउ पुगेको बताए ।

गर्भ जाँच गरिएका एक महिलाको गर्भमा समस्या देखिएको र बाँकी १५ को गर्भ सबै राम्रो देखिएको लामाले जानकारी दिए ।

सिमकोट गाउँपालिकाभित्रका आठवटै वडामा रहेका महिलाको घरमा नै पुगेर भिडियो एक्स–रे र गर्भ जाँच गरिने कार्यक्रम रहेको गाउँपालिका स्वास्थ्य शाखाका महिला स्वास्थ्यकर्मी निरुता खड्काले जानकारी दिइन।

पहिले पहिले गर्भ बसेपछि डर र लाज मानेर घरदेखि बाहिर ननिस्कने दुर्गम हुम्लाका महिला अहिले भने खुलैरै स्वास्थ्य संस्थासम्म पुग्ने गरेको डाक्टर लामाले बताइन । गर्भ रहेदेखि नै परिवार र आफन्तको साथमा गर्भ परीक्षण गराउन जाने गरेको पाइएको उनको भनाइ थियो ।

हिमाली जिल्लाका महिलाका लागि सरकारले स्वास्थ्य संस्थामा गएर चार पटक गर्भ परीक्षण गराए बापत रु आठ सय र स्वास्थ्य संस्थामा नै सुत्केरी हुनेले खर्च बापत थप रु तीन हजार पाउने गरेको डा लामाले जानकारी दिए ।

स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई निःशुल्क सुत्केरी सेवा प्रदान गरिँदै आएको पनि उहाँले बताउनुभयो । यसबाट महिलालाई स्वास्थ्य संस्थामा नै गएर गर्भ परीक्षण गर्न उत्साह मिलेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *