क्षयरोगबारे जान्नै पर्ने एघार कुरा

१.  क्षयरोग  Mycobacterium Tuberculosis  नामक सुक्ष्म जीवाणुबाट लाग्ने रोग हो ।

२.  यो रोग एक व्यक्तिबाट अर्काे व्यक्तिमा हावाको माध्यमवाट सर्ने गर्दछ ।

३. लगातार खोकी लागि रहनु, साँझपख हल्का ज्वरो आउनु, खाना खान मन नलाग्नु, दुव्लाउदै जानु, खकारमा कहिले काहि रगत देखा पर्नु क्षयरोगका मुख्य लक्षणहरु हुन्।

४. यी माथिका लक्षणहरु देखिएमा नजिकको स्वास्थ्य संस्थामा गई आफ्नो स्वास्थ्य जाँच गराउनु पर्दछ ।

५.  नेपालका सम्पुर्ण सरकारी  स्वास्थ्य संस्था तथा केही निजी स्वास्थ्य संस्थाहरुमा पनि खकार जाँचको सेवा निːशुल्क उपलब्ध भैरहेको छ ।

६. नेपालमा क्षयरोगको औषधि निːशुल्क उपलब्ध छ ।

७. चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहअनुसार नियमित उपचारले औषधि सेवन गरेमा क्षयरोग पुर्ण रुपमा निको हुन्छ ।

८.  क्षयरोगको अ नियमित उपचारले जीर्ण प्रकारको क्षयरोग विकास हुन सक्छ , जस्को उपचार खर्चिलो तथा लामो समय लाग्ने हुन्छ । त्यसैले क्षयरोगको उपचार नियमित रुपले गरौ ।

९.  क्षयरोग कुनै पाप तथा श्रापका कारणले लाग्ने रोग होइन त्यसैले बिरामीलाई  माया गरौ, उपचारमा सहयोग गरौ ।

१०. नेपालको आधा जनसंख्यामा क्षयरोगको निस्कृय जीवाणु भएको अनुमान गरिएको छ । यो निस्कृय जीवाणु जीवनको कुनै पनि समयमा सक्रिय हुन सक्ने भएको हुनाले समय– समयमा स्वास्थ्य जाँच गराउँ साथै खानपान तथा जीवनशैलीमा समेत सचेत होउँ ।

र, अन्तमा ………

११. दुई हप्ते खोकी, क्षयरोग पो हो कि?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *