चीन भम्रण निस्कनु अघि राष्ट्रपति भण्डारीको टिचिङ अस्पतालमा स्वास्थ्य परीक्षण

स्वास्थ्य परीक्षण गरी त्रिवि शिक्षण अस्पतालबाट फर्किदै राष्ट्रपति

काठमाडौँ, ९ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार (आज) त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएकी छन् । विदेश भ्रमणमा जानु अघि उनले नियमित स्वास्थ्य परीक्षण गराएकी हुन् । राष्ट्रपति भण्डारी आगामी बिहीबार चीन भ्रमणमा निस्कने कार्यक्रम छ ।

विहान साढे नौ बजे त्रिवि शिक्षण अस्पताल पुगेकी राष्ट्रपति भण्डारी भण्डारीको उपचारमा करीब आधा घण्टा लागेको थियो ।

‘नियमित स्वास्थ्य जाँच हो । आज सामान्य परीक्षण पछि उहाँको इन्डोस्कोपी गरियो,’ त्रिवि शिक्षण अस्पतालका निर्देशक प्राडा प्रेम खड्गाले भने ।

उनले राष्ट्रपति भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल आईराख्ने समेत बताए ।

‘समस्या भएर आएको होइन, बिहीबार उहाँ (राष्ट्रपति) चीन भ्रमणमा जाँदै हुनुहुन्छ । त्यसअघि सामान्य स्वास्थ्य परीक्षण गरेको मात्रै हो,’ खड्गाले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *