संघ अन्तरगर्त रहनुपर्छ भन्ने चिकित्सकको माग संघीयता विरोधी : मन्त्री पण्डित


काठमाडौँ, ८ बैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघ अन्तरगर्त नै राखिनुपर्छ भन्ने चिकित्सकहरुको माग संघीयता विरोधी भएको बताएका छन् । तर उनले समस्या भएका विषयलाई चिकित्सक संगै बसेर छलफल गरी हल गर्न सरकार तयार रहेको स्पष्ट पारेका छन् ।

प्रथम अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलनको समापन समारोहलाई सम्वोधन गर्न याक एण्ड यति होटल पुगेका मन्त्री पण्डितले विज्ञताको आधारमा चिकित्सकलाई सेवा गर्ने स्थान मिलाउने र विज्ञता बढाउन अध्ययन तथा तालिम व्यवस्था मिलाउन समायोजन बाधक नभएको समेत बताए ।

‘चिकित्सकहरुको योग्यता र विज्ञताको आधारमा जहाँ आवश्यक छ त्यहाँ जान पाउने व्यवस्था हामीले मिलाउँदै छौँ । तालिम तथा बृत्तिविकास रोकिनुपर्छ भन्नेमा हामी छँदै छैनौँ तर अरु कुरा नगरी संघ अन्तरगर्त नै हुनुपर्छ भन्ने माग राख्नु नियमसंगत हुँदैन् । यसो भयो भने त्यो संघीयता विरोधी कहलिन्छ,’ मन्त्री पण्डीतले भने ।

त्यसअघि उनले समापन समारोहलाई सम्वोधन गर्ने क्रममा सरकारी चिकित्सकहरुलाई समस्या परेको भए फेरी समाधानका लागि आफू छलफल गर्न तयार भएको बताएका थिए । तर उनले त्यसका लागि चिकित्सकहरुले सेवा अबरुद्ध गर्न नपाइने सरकारको बटमलाईन रहेको बताए ।

चिकित्सक तथा स्वास्थ्यकर्मीको समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयबाटै प्रस्ताव आउनुपर्ने भन्दै यदि त्यताबाट नआएको खण्डमा आफैले पनि त्यस्तो प्रस्ताव मन्त्रिपरिषदमा लैजान सक्ने बताए ।

यसअघि समायोजन प्रक्रियाको विरुद्ध आन्दोलनरत सरकारी चिकित्सकले सरकारले माग पुरा गर्न दुई साताको समय मागेपछि आन्दोलन १५ बैशाखसम्मका लागि स्थगित गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *