स्वास्थ्य राज्यमन्त्रीको अस्पतालमा कार्यरत नर्स शौचालयमा भेटिइन मृत अवस्थामा

जनकपुर, ८ बैशाख । स्वास्थ्य राज्यमन्त्री डा . सुरेन्द्र यादवको लगानीमा सञ्चालित निजी अस्पताल जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा कार्यरत एक जना स्टाफ नर्स अस्पतालको शौचालयमा मृत अवस्थामा फेला परेकी छन् ।

महोत्तरी स्थायी घर भएकी अन्दाजी २५ बर्षीया स्टाफ नर्स रक्षा आलेको शब शनिबार राती १२ बजे अस्पतालकै शौचालयमा शलले घाँटी पासो लगाएको अवस्थामा फेला परेको हो ।

आज विहान उनका आफन्त पुगेपछि प्रहरीले प्रक्रिया पुर्याएर शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगेको छ ।

अस्पतालले घटनालाई आत्महत्या गरेको बताएको छ । तर परिवार र आफन्त भने शौचालय सानो भएको, खुट्टा तल भुइमा छोएको, भित्र छुरा र ढोका फुटाएकोले घटना रहस्यमय बनेको भन्दै छानवीन हुनुपर्ने माग गरेका छन् ।

के भन्छन् स्वास्थ्य राज्यमन्त्री ?
यता काठमाडौँमा रहेका स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले घटनालाई दुखद भएको प्रतिक्रिया दिएका छन् । ‘घटना आफैमा दुखद हो । यस्तो हुनुहुँदैन थियो । म दुखी छु । कसरी यो घटना भयो । प्रहरीले छानवीन शुरु गर्ला नै । मैले स्थानीय प्रशासनलाई हिजो राती नै निर्देशन दिएको छु,’ राज्यमन्त्री डा यादवले भने ।

उनले आफ्नो अस्पतालमा कार्यरत पहाडे समुदायका स्टाफ नर्सहरुका लागि निशुल्क होस्टलको व्यवस्था गरेको समेत दावि गरे । ‘हामी ५- ७ वटा कोठा निशुल्क समेत गरिदिएका थियौँ । सबै राम्रै थियो । यो के भयो के ?,’ उनले भने ।

आफूले घटना गयराती १२ बजे तिर नै जानकारी पाएको भन्दै त्यसपछि स्थानीय प्रशासनलाई तत्काल छानवीन अघि बढाउन निर्देशन दिएको समेत बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *