नेपाल औषधि व्यावसायी संघको अध्यक्षमा पुन: मृगेन्द्रमेहर श्रेष्ठ विजयी

पोखरा, ८ बैशाख । नेपाल औषधि व्यावसायी संघको अध्यक्षमा मृगेन्द्रमेहर श्रेष्ठ विजयी भएका छन् । पोखरामा सम्पन्न संघको १३ औँ महाधिवेशनबाट श्रेष्ठ दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।

भर्खरै सम्पन्न मत गणना अनुसार अध्यक्षका उम्मेद्धार मृगेन्द्रमेहरले १४१ भोट प्राप्त गरेका थिए । उनका प्रतिद्धन्दी बनेका अध्यक्षका अर्का उम्मेद्धार लोकहरि श्रेष्ठको भने १०१ भोटमै चित्त बुझाउनु परेको छ ।

यस्तै बरिष्ठ उपाध्यक्षमा प्रकाशकुमार खण्डेलवाल निर्वाचित भएका छन् । उनी निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्ष आयात तर्फ निरञ्जन प्रसाद रिसाल १४२ मतका साथ निर्वाचित भएका छन् । उनका प्रतिद्धन्दी शेखर श्रेष्ठले ९८ मतमै चित्त बुझाउनु परेको छ ।

यस्तै उपाध्यक्ष थोक तर्फ सुनिल श्रेष्ठ १२८ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी अभयकुमार बस्नेतले ११५ मत मात्रै प्राप्त गरेका थिए । यस्तै उपाध्यक्ष खुद्रा तर्फ रामप्रसाद खरेलले १५६ मतका साथ फराकिलो जित हात पारेका छन् । उनका प्रतिद्धन्दी हरिप्रसाद विडारीले ७५ भोटमै चित्त बुझाउनु परेको छ ।

यस्तै संघको महासचिव पदमा रामचन्द्र शर्मा निर्वाचित भएका छन् । उनले १४३ मत ल्याउँदा सोही पदका अर्का उम्मेद्धार कुमार खतिवडाले ९७ मत मात्रै पाएका थिए ।

यस्तै ४ जनाको उम्मेद्धारी परेको कोषाध्यक्ष पदमा सम्राटमान जोशी ८९ मतका साथ विजयी भएका छन् । सचिवमा यामनाथ पौडेले निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै उपकोषाध्यक्ष पदमा श्रीधर खनाल ११५ मतका साथ निर्वाचित भएका छन् । तीन जना उम्मेद्धार बनेको सो पदमा उनको निकटतम प्रतिद्धन्दी श्यामबाबु साहले ७१ मत प्राप्त गरे ।

यसैगरी सदस्य आयात तर्फ श्रृजनकुमार भट्टराई १४६ मतका साथ विजयी भएका छन् । सदस्य थोकतर्फ परमानन्द रावत १४६ मतका साथ विजयीभएका छन् । उनका निकटतम प्रतिद्धन्दी बनेका गयाप्रसाद कुश्मीले १ मत कम अर्थात १४५ मत ल्याएर पराजित भएका छन् ।

यस्तै सदस्य खुद्रा तर्फ टंकप्रसाद अधिकारी, ललितानन्द जोशी निर्विरोध निर्वाचित भएका छन् । महिला तर्फ सदस्यमा निर्वाचित शर्मिला शाक्यले १४० र खुल्ला सदस्यमा कृष्णबहादुर रोकाया २०६ मतका साथ निर्वाचित भएका छन् ।

प्रभावशाली पदमा आयातकर्ताहरुको बर्चश्व
यसैबीच संघको नयाँ कार्यसमितिको मुख्य पदाधिकारी पदमा आयातकर्ताको बर्चश्व देखा परेको छ । प्राप्त जानकारी अनुसार अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष आयात, सहित महासचिव, उपकोषाध्यक्ष र एक जना सदस्य पदमा आयातकर्ता व्यावसायी प्रतिनिधिहरु निर्वाचित भएका छन् ।

निर्वाचित नयाँ कार्यसमितिको म्याद तीन बर्षको हुनेछ । 

कसले कति मत प्राप्त गरे हेरौँ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *