सुर्खेत र नेपालगञ्जको ‘ड्रील’ पछि विपत व्यवस्थापन सम्वन्धी तालिमको भयो समिक्षा

काठमाडौँ, ७ बैशाख । प्राकृतिक प्रकोप तथा विपत्तीका बेला हुने आपतकालिन अवस्थामा अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले कसरी खट्ने भन्ने बारेको सिकाईको समिक्षा तथा मूल्यांकन गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र विश्व स्वास्थ्य संगठनले शुक्रबार संयुक्त भेला गरी आपतकालिन अवस्थाको व्यवस्थापन गर्ने विषयमा दिइएको तालिमको समिक्षा र मुल्यांकन गरेका थिए ।

भेलामा मन्त्रालयका स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाई प्रमुख चुडामणी भण्डारीले अस्पतालका चिकित्सक तथा स्वाथ्यकर्मीकलाई दिइएको तालिम र त्यसपछि गरिएको अभ्यासमा देखिएको अन्तरको समिक्षा गरेका थिए ।

‘गाइडलाइन एउटा कुरा भयो । तर हामीले जे सिकाएका छौँ । ड्रिल (अभ्यास) गर्दा अस्पतालहरुमा त्यो देखिएन । एकैपटक ठूलो संख्यामा घाइते तथा विरामी आउँदा अस्पतालहरुले गनुंपर्ने व्यवस्थापनमा अझै पनि हाम्रा केही कमजोरी छन्,’ उनले भने ।

भण्डारीले देशको पश्चिमी भूभागमा अहिले पनि भुकम्पीय जोखिम रहेको भन्दै त्यस क्षेत्रका अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई आपतकालिन अवस्थाका गर्नुपर्ने कार्यका बारेमा थप सिकाई जरुरी रहेको बताए । त्यसका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बढी भूमिका खेल्न सक्ने बताए ।

कार्यक्रममा बोल्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्र वाग्लेले विपत व्यवस्थापनका लागि थप तालिमको जरुरी रहेको र त्यसका लागि प्रतिष्ठान हव हस्पिटलको रुपमा रहन सक्ने बताए । उनले अहिलेको तालिमलाई अज व्यापक बनाउन सरकार र दातृ निकायको आवश्यकता रहेको बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका प्रमुख सल्लाहकार डा केके राईले भुकम्प बाडीपहिरो लगायतका प्राकृतिक विपत्तीको जोखिम रहेको अवस्थामा त्यसपछि हुनसक्ने अस्तव्यस्ततालाई चिर्र्न अस्पताल तथा स्वास्थ्यकर्मीहरु अहिले देखि नै तयारी भएर बस्नुपर्ने बताए ।

डव्लुएचओका प्रतिनिधी डा पार्क, मन्त्रालयका सहसचिव डा दीपेन्द्ररमण सिंह लगायतले विपत्तीका बेलालाई ध्यान दिएर अहिले देखि नै गर्नुपर्ने अस्पताल प्रिपेरनेशको बारेमा आफ्ना धारणा राखेका थिए ।

केही महिना अघि यहि तीन वटा संस्थाको अगुवाईमा नेपालगञ्ज र सुर्खेतमाका अस्पतालमा विपत व्यवस्थापन तालिम र अभ्यास गरिएको थियो ।

सोही अभ्यासका क्रममा देखिएका कमिकमजोरी औल्याउने र कसरी थप राम्रो बनाउने भन्नेमा छलफल केन्द्रीत रहेको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *