आज र भोलि पाँच बर्ष मुनिका बालबालिकालाई भिटामिन -‘ए’ र जुकाको औषधि खुवाईदै

काठमाडौँ, ६ बैशाख । सरकारले आज र भोलि देशभर रहेका साना उमेर समूहका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको पोषण शाखा प्रमुख केदार पराजुलीका अनुसार आज र भोलि गरी छ महिना देखि ५ बर्षसम्मका २७ लाख ६८ हजार ५४० जना बालबालिकालाई भिटामिन ए खुवाइदै छ ।

त्यस्तै उनले १ बर्ष देखि ५ बर्ष उमेरका २३ लाख ५६ हजार ८४३ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने योजना रहेको बताए ।

पराजुलीका अनुसार भिटामिन ए र जुकाको औषधि खुवाउँदै गर्दा बच्चालाई खाना खान रुच्ने र रक्तअल्पताबाट बचाउँन पौष्टिक पाउडर बालभिटा समेत बाढिदैछ । तर यो कार्यक्रम ४१ जिल्लामा मात्रै सञ्चालन हुने उनले बताए । यस्तै ५३ वटा जिल्लामा छ महिना देखि ५ बर्षसम्मका बालबालिकाको पाखुराको नाप लिने कार्यक्रम समेत आज र भोलिका लागि तोकिएको उनले बताए ।

महाशाखाले यी सबै कार्यक्रमका लागि देशभर ३६ हजार बुथ तोकेको छ । अभियानमा ५१ हजार ४७० जना महिला स्वयंसेविका र ९ हजार २४६ जना स्वास्थ्यकर्मी गरी ६० हजार ७१६ जना जनशक्ति परिचालन भएको बताएको छ ।

पराजुलीले आज देशभरका खोपकेन्द्रहरुमा महिला स्वास्थ्य स्वयंसेविकाले खुवाउने र भोलि छुटेकाहरुलाई स्वास्थ्य संस्थामा गएर खुवाउन सक्ने बताए ।

भिटामिन एको कमिले बालबालिकामा हुनसक्ने कुपोषण, झाडापखाला, दादुरा लगायतकार रोग तथा जुका पर्ने समस्यालाई न्युनीकरण गर्न सरकारले सन् २००१ देखि हरेक ६ – ६ महिनामा देशैभर यो कार्यक्रम शुरु गरेको छ ।

यसपटक छ महिना अघि गत कात्तिकको १८ र १९ गते पनि यो कार्यक्रम आयोजना भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *