नेपालमा औषधिको कारोवार बार्षिक ४५ अर्बको

पोखरा, ५ बैशाख । नेपालमा वार्षिक रु ४५ अर्ब बराबरको औषधि कारोवार हुने गरेको छ ।

नेपाल औषधि व्यवसायी सङ्घको शुक्रबारदेखि दुई दिनसम्म पोखरामा हुने राष्ट्रिय अधिवेशनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले देशमा कूल २१ हजार औषधिको व्यवसायमा आबद्ध भएको जानकारी दिए ।

गुणयुक्त, जनसुरक्षित औषधि सुलभ तरिकाले जनसमक्ष पु¥याउने उद्देश्यका साथ सङ्घको स्थापना भएको बताउँदै उनले प्रादेशिक संरचनामा आधारित संशोधित विधानअनुसार राष्ट्रिय अधिवेशन गर्न लागिएको जानकारी दिए ।

अधिवेशनमा केन्द्रीय नेतृत्व चयनका लागि देशभरबाट २७० प्रतिनिधिले मतदानमा भाग लिने सङ्घले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *