पुष्करलाल श्रेष्ठको निधनप्रति मञ्चद्धारा दु:ख व्यक्त

काठमाडौँ, ४ बैशाख । बरिष्ठ पत्रकार कामना न्युज पब्लिकेशनका अध्यक्ष पुष्करलाल श्रेष्ठको निधनप्रति स्वास्थ्य पत्रकार मञ्च नेपालले दुख व्यक्त गरेको छ । मञ्चले आज शोक वक्तव्य जारी गर्दै श्रेष्ठको निधनप्रति दुख व्यक्त गरेको हो ।

मञ्चका अध्यक्ष कल्पना आचार्य र महासचिव रामप्रसाद न्यौपानेद्धारा जारी विज्ञप्तीमा साढे तीन दशक लामो पत्रकारितामा क्रियाशिल श्रेष्ठले नेपालमा स्वास्थ्य पत्रकारितालाई व्यावसायिक रुपमा अघि बढाउने कार्य गरेको उल्लेख छ ।

श्रेष्ठले स्थापना गरेको कामना न्युज पब्लिकेशनबाट २०५८ सालमा साधना हेल्थ म्यागेजिन प्रकाशित भएको थियो ।
करीब साढे पाँच महिना अघि नाकको उपचार र त्यसपछि मिर्गौलाको पत्थरीको शल्यक्रिया गरे लगत्तै श्रेष्ठलाई विभिन्न स्वास्थ्य समस्या देखा पर्न थालेको थियो ।

त्यसबेला देखि नै उनको स्वदेश तथा विदेशका विभिन्न अस्पतालहरुमा उपचार हुँदै आएको थियो ।

पछिल्लो पटक नर्भिक अस्पतालमा भर्ना भएका ६० बर्षिय श्रेष्ठको बुधबार विहान ११ बजेर ५९ मिनेटमा निधन भएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *