सिरहा अस्पतालमा औषधिको चरम अभाव


लहान, ४ वैशाख । जिल्ला अस्पताल सिरहामा औषधिको चरम आभाव भएको छ । विगत एक वर्षदेखि औषधिको आपूर्ति हुन नसक्दा जिल्ला अस्पतालमा औषधिको चरम अभाव भएको हो । कूल ५० श्ययाको उक्त अस्पतालमा हाल कुनै पनि औषधि नरहेको अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालबाट ७० प्रकारको औषधि निःशुल्क वितरण गर्ने व्यवस्था छ । निःशुल्क वितरण गर्ने भनिए पनि जिल्ला अस्पताल सिरहामा अहिले कुनै प्रकारको औषधि नरहेको अस्पतालका अस्पतालका मेडिकल सुपरीटेण्डन्ट नागेन्द्र यादवले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा एक वर्षदेखि औषधिको आपूर्ति हुन सकेको छैन् । अस्पतालमा आवश्यक औषधि नहुँदा बिरामी निजी क्लिनिकबाट चर्को मूल्यमा औषधि खरीद गर्न बाध्य छन् ।

औषधिको अभाव भएको बारेमा पटक/पटक सम्बन्धित निकायमा जानकारी गराउँदा आपूर्ति नभएको गुनासो गरे । सङ्घीय व्यवस्थाअनुसार नगरपालिका कार्यालयले औषधि खरीद गरी अस्पताललाई औषधि उपलब्ध गराउनुपर्ने भए पनि नगरपालिका यसतर्फ गम्भीर नभएको मेसु यादवको भनाइ छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *