प्रथम अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलनको तयारी पुरा
काठमाडौँ, ३ बैशाख । आगामी शनिबार र आइतबार (७ र ८ बैशाख)मा राजधानीमा हुने प्रथम अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएका छन् ।
सम्मेलन आयोजक समिति संयोजक डा. पुकारचन्द्र श्रेष्ठले आज पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् ।
अंगप्रत्यारोपण र मस्तिस्कमृत्युको बारेमा स्वदेश तथा विदेशका विज्ञहरुबीच छलफल – अनुभव आदानप्रदान गर्ने उदेश्यले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारेपण केन्द्र, अंङ्ग प्रत्यारोपण समाज नेपाल र इन्डियन प्रत्यारोपण समाजको संयुक्त आयोजनामा काठमाडौँको होटल याक एण्ड यतिमा सम्मेलन हुँदैछ ।
‘ब्रिजिङ द ग्याप’ नाम दिइएको उक्त सम्मेलनमा स्वदेश तथा विदेशका गरी ३०० बढी विज्ञ तथा सरोकारवालाहरुको सहभागिता रहने बताइएको छ ।
सम्मेलनमा भाग लिन अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, सिंगापुर, श्रीलंका र भारतका गरी ३० जना विदेशी विज्ञ आउने भएका छन् । यस्तै सम्मेलनमा स्वदेशका प्रत्यारोपणविज्ञ, स्वास्थ्य अधिकारी, अंगदाता तथा अंगप्रत्यारोपीहरुको सहभागिता हुने संयोजक रहेका डा. श्रेष्ठले बताए । यस्तै प्रत्यारोपण सम्वन्धी जनचेतना देशव्यापी बनाउन सम्मेलनमा देशभरका संघ, प्रदेश तथा जिल्ला अस्पतालका मेसु र नर्सिङ प्रमुखलाई समेत आमन्त्रण गरिएको उनले जानकारी दिए ।
सम्मेलनको पहिलो दिन प्रत्यारोपण सम्वन्धी प्राविधिक विषयमा छलफल हुने र दोस्रो दिन मस्तिस्कमृत्यु सम्बन्धी छलफल हुने बताइएको छ । त्यसमा केन्द्र तथा स्थानीय तहका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता हुने बताइएको छ ।
नेपालमा मस्तिस्क मृत्यु सम्वन्धी कानुन बनेपनि त्यसको कार्यान्वयन अपेक्षा अनुरुप हुन सकेको छैन । ‘सम्मेलनको मुख्य उदेश्य विकसित देशहरुको अंगप्रत्यारोपणको अवस्था अनुभव र हाम्रो देशमा भएको प्रत्यारोपणको अवस्था र अनुभव साटासाट गर्ने नै हो । अथवा यो बीचमा के कस्तो ‘ग्याप’ छ भन्ने हेर्ने नै हो,’ संयोजक डा श्रेष्ठले बताए ।
सम्मेलनमा संयोजक डा. श्रेष्ठको अलवा अंङ्ग प्रत्यारोपण समाज नेपालका अध्यक्ष डा नीरज जोशी र इन्डियन प्रत्यारोपण समाजका अध्यक्ष सन्दीपकुमार गुलेरियाले समेत अध्यक्षता गर्नेछन् ।
यस्तै सान्टिफिक कमिटिको अध्यक्षमा प्राडा राकेश बर्मा, हस्पिटालिटी तथा लजिष्टिक कमिटि अध्यक्ष डा कल्पना श्रेष्ठ रहेका छन् । सम्मेलनको सदस्य सचिवको जिम्मेवारी सुमित आचार्यले लिएका छन् ।
सम्मेनल आयोजक समिति सदस्यहरुमा प्राडा गुण कुमार श्रेष्ठ, डा. दिलीप शर्मा, प्रा.डा. गोपीअर्याल, प्रा.डा. राजिव झा, डा. दिपेशलाल गुरुवाचार्य प्रा. डा बिश्वास प्रधान, डा. सुवासप्रसाद आचार्य, डा. यादब देब भट्ट, डा. मोहनदेब भण्डारी र डा. सुधांशु केसी रहेका छन् ।
यस्तै डा विशेष पौडेल, डा. अनिल बराल, डा. आरती राई, डा. कर्ण राजबंशी, डा. निभा श्रेष्ठ, डा. बिनिता जोशी, डा. संजितकृष्ण श्रेष्ठ, डा. अनन्त श्रेष्ठ लगायत छन् ।
कार्यक्रमको सल्लाहकारहरुमा प्रा.डा. आई.एल. आर्चाय, प्रा.डा. बिश्वराज जोशी, प्रा.डा. सुबोध अधिकारी, प्रा.डा. बि.डि. झा, प्रा.डा. सन्तोषमान श्रेष्ठ, प्रा.डा. बसन्त पन्त र प्रा.डा. पवनकुमार सुल्तानिया रहेका छन् ।
नेपालमा सन् २००८ देखि मिर्गौला प्रत्यारोपण शुरु गरिएको हो । त्यसयता करीब १ हजार २ सय बढीको प्रत्यारोपण भइसकेको छ ।
मिर्गौलाको सबैभन्दा बढी ६०१ केश भक्तपुरस्थित मानवंअंग प्रत्यारोपण केन्द्रमा प्रत्यारोपण भएको छ । पछिल्लो समय नेपालमा मिर्गौला बाहेक कलेजो समेत प्रत्यारोपण शुरु भएको छ भने मस्तिष्कमृत्यु भएका व्यक्तिहरुबाट समेत अंग झिकेर प्रत्यारोपण गर्न थालिएको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com