नयाँ बर्षको अवसरमा बीपी स्मृति अस्पतालको निशुल्क स्वास्थ्य शिविर

काठमाडौँ, २ बैशाख । नयाँ बर्षको अवसर पारेर बसुन्धरास्थित वीपी स्मृति सामुदायिक अस्पतालले महिलाहरुको निशुल्क स्वास्थ्य परीक्षण गरेको छ । अस्पताल परिसरमै आयोजित उक्त शिविरमा ४२ जना महिलाले निशुल्क स्वास्थ्य परीक्षण गराएका थिए ।

अस्पतालका निर्देशक डा धनबहादुर रानाले शिविरमा आएका ४२ मध्ये ३६ जना महिलाको पाठेघरको मुखको पानी जाँच (प्यापस्मेयर) गरिएको बताए । उनले ४२ जनाकै रगत, पिसाव र मधुमेह जाँच समेत निशुल्क गरेको बताए ।

जाँचका क्रममा अधिकांश महिलामा योनी र पाठेघरमा संक्रमण भएको पाइएको छ । दुई जनाको पाठेघर तथा पिसाव थैली खसेको डा रानाले बताए ।

निशुल्क सो शिविर भोलि पनि चल्ने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *