कर्मचारी समायोजनले सरकारी डाक्टरलाई दिएको पिडा

डा. उत्तम पच्या

डाक्टरहरुको स्कूले जीवनबाट कुरा शुरु गरौँ न । स्कूलमा सधै पहिलो दोश्रो हुने, सामान्यत अनुशासितमा रहने । अनि कलेजमा पनि त्यस्तै जेहेन्दार नै । डाक्टरी पढेपछि बिरामीको सेवामा अनवरत रुपमा २४ सै घण्टा खटिने । तर उनै डाक्टरलाई जताततैबाट आक्रमण हुने । कस्तो अनौठो ? कस्तो अचम्म ? सायद भद्र प्राणि भएरै यस्तो आक्रमण भएको हो कि ? होइन भने किन यस्तो हुन्छ ?

केही समय अघि उपचारका क्रममा हुनसक्ने स्वभाविक घटनालाई अतिरन्जित गरि डाक्टरलाई फौजदारी अभियोग लगाउने सम्मको नीति बनाइयो । अहिले समायोजनमा पनि डाक्टरलाई नै आक्रमण गरियो । अनि लोकतान्त्रिक मुलूकमा फेरी पनि डाक्टरलाई पेलेरै खटाउँछु र पठाउँछु भनियो । राणाहरुको जहाँनिया शासन भन्दा पनि क्रुर देखियो संघीय मामिलाका मन्त्रीज्युको व्यवहार ।

समायोजन वैज्ञानिक होस्, न्यायपरक होस्, विभेदकारी नहोस भनि डाक्टरहरुबाट विगत चार महिना देखि नै आन्दोलित थिए र छन् । डाक्टरका मागका बारेमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, सामान्यप्रशासन मन्त्री देखि सचिवसम्मका व्यक्तिहरु जानकार छन् । जानकार मात्रै होइन उनीहरुले माग जायज छन र पुरा हुनेछन् भनेर डाक्टरसंग आश्वासन समेत बाँढेका छन् । तर चार महिना वित्यो बित्यो ब्यवहारमा त्यस्तो देखिएको छैन ।

डाक्टरका विषयमा बोल्नु पर्ने स्वास्थ्यमन्त्री उपेन्द्र यादव खासै बोलेको देखिदैन तर बोल्नै नपर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बेस्सरी कुर्लिरहनु भएको छ ।

डाक्टरहरु समायोजन विरोधी हुन्, यिनीहरुलाई ठेगान लगाउन मैले जानेको छ, ।।।बल प्रयोग गरेर पनि पठाउछु, ।।।कसले छेकेको छ र गल्फ कन्ट्री जान रु आदि इत्यादी शव्दमा ।

होइन डाक्टरलाइ परिचालन गर्ने स्वस्थ्यमन्त्री हो कि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ? अचम्म लागिरहेको छ ।

मन्त्री ज्यू, डाक्टका बारेमा तपाईँ अझै यस्तै बोल्दै जानुस । तपाईँ जति बोल्दै जानुहुनेछ त्यति नै बढी डाक्टरका पंख मजबूत हुन्छ । तिनीहरुको लागि यो विश्व सानो छ, जहाँ जहिले पनि जान सक्छन् ।

नेपाल मेडिकल काउन्सिलमा २४ हजार डाक्टर दर्ता छन् । सरकारी डाक्टर १४ सय जना मात्र छन् बाँकी २२ हजार ६ सय कहाँ छन् थाहा छ हजुरलाई ? बाँकीका आधा भन्दा बढी विदेशमा कार्यरत छन् र आधा निजी क्षेत्रमा काम गर्न गर्छन ।

२४ हजार डाक्टर मध्ये १४ सय डाक्टरले सरकारी सेवाबाट धानेका छन् ३० हजार चिकित्सक चाहिने देशमा । के लाग्छ हजुरलाई हामीहरु निकम्मा ग्वांच लाग्छ ? लोक सेवाबाट कडा मिहिनेत गरेर देशको मायाले देशको सेवा गरौ भनेर सरकारी सेवामा प्रवेश गरेको हो । देशको माया नहुने डाक्टर सायदै सरकारी सेवामा जाला ।

देशको माया गरेर देशको कुना काप्चामा गएर सेवा गर्ने प्राणीलाई दमन गर्न मिल्छ ? बल प्रयोग गर्छु भनियो, एक पटक बल प्रयोग गरेर देखाउनु होस् महासय, स्वास्थ्य सेवा कहाँ पुग्छ । लोकतन्त्रमा लठ्ठी लगाउने सपना देख्नु भएको छ भने महासय, हामीले बुझ्ने छौ, जहाँनिया राणा शासनको अर्को रुप आएछ्र ।

आफूलाई उपभोक्ताबादी भन्ने ज्योति बानियाँ जस्ता मान्छेले चिकित्सकको बारेमा अनर्गल कुरा गर्छन । डाक्टरले महिनाको ५ लाख पाउछन रे अनि गाडीको सुबिधा पनि । यस्ता अनर्गल कुरा पत्याउने जनता हामीप्रति आक्रोशित हुदैनन् ? म द्वितीय श्रेणीको कन्सल्टेन्ट डाक्टर हु जसको तलब ३६ हजार ९ सय २० रुपैया हुन्छ र मेरो लेवलको प्रशासनको कर्मचारीले गाडीको सुबिधा पाँउछ तर मेरो लेवलको डाक्टरले मात्रै होइन गाडीको सुबिधा प्रथम श्रेणीका डाक्टरले पनि पाउँदैनन् ।

एमडी गर्दा सम्म एक जना डाक्टरको अध्ययन समय २० वर्ष ६ महिना हुँदो रहेछ (२ सम्म १२ वर्ष, एमबिएस ५ वर्ष ६ महिना र एम डी ३ वर्ष गरेर ्र यति लामो यात्रा तय गरेर बल्ल एउटा डाक्टर विशेषज्ञ बन्छ अझ विशिष्ट सेवा दिन अझै ३ वर्ष थप पढ्नु पर्छ ‘  कुन विषयमा यति लामो अध्ययन अवधी हुन्छ ? यति लामो समय खर्च गरेर पढियो अनि सेवा गरौँ भन्यो, हौसला त कहाँ हो कहाँ दमन मात्र गर्न खोजिन्छ ।

२४ हजार डाक्टर मध्ये न्युन मात्रामा सरकारी सेवामा आकर्षण गरेको अवस्थामा कसरी डाक्टरहरुलाई सरकारी सेवामा आकर्षण गर्ने भन्ने नीति ल्याउनु त कहाँ छ कहाँ सेवा गरिरहेका डाक्टरलाई उल्टै लठ्ठी लगाउछु भन्दै गर्दा उनीहरुलाई वितृष्णा लाग्छ कि लाग्दैन ? पढेका, बुझेका, सवल प्राणी प्रति यस्तो व्यवहार गर्नेलाई कसले सल्लाह दिन्छ, दिक्क लाग्छ !

अहिले समायोजनमा डाक्टरको मात्र कित्ता काटिएको छैन कि सबै स्वास्थ्यकर्मीको बिजोक छ । एक समुहलाई संघ अन्तर्गत, दोश्रो समुहलाई प्रदेश अन्तर्गत र तेश्रो समुहलाई स्थानीय अन्तर्गत अनि त्यही तहमा बसी राख भनिएको छ ।

पहिले जस्तो सरुवा बढुवा डाइनामिक छैन एकदम यथा स्थान मै बसी राख भन्छ यो समायोजन ऐनले्र पहिले चिकित्सक अनि स्वास्थ्यकर्मी पूर्व मेची देखि पश्चिम महाकाली सम्मको अनुभव बटुल्थे अब कुवाको भ्यागुता झैँ एकै ठाउ बस्नु पर्ने भो । मेरो ४ न प्रदेशमा समायोजन भएको छ अब म ४ मा मात्रै बस्नु पर्ने मेरो ५ न प्रदेशमा जान नपाउने ? स्थानीय तहमा समायोजन भएकाको त सरुवा नै नहुने भो । ति त झन् बँधुवा मजदूर नै हुने भए ।

जताततै बाट आक्रमण छ हामीलाई सरकार, जनता अनि मिडियाबाट ।सायद हामीले पनि बुझाउन सकेनौ होला पहिले । अहिलेको आन्दोलनमा केही बुझाउन सकियो डाक्टरहरुलाई अवैज्ञानिक तवरले समायोजन गर्दा स्वास्थ्य सेवामा के असर पर्छ भनेर अझै स्कूलिंग गर्न जरुरी छ । अहिले मिडियाले बुझेको देखियो, जनताले पनि बुझेको देखियो तर सरकारले बुझेको देखिएन ।

मन्त्रालयका केही सीमित व्यक्तिले गर्दा यो समस्या आएको हो भन्ने पनि गरिएको छ । मन्त्रीले पनि जे ब्रिफिंग भयो त्यही इन्फर्मेसन लिने न हो्र समायोजन शाखामा कुनै चिकित्सकनै राखेको छैन अनि गैर चिकित्सकले कसरी बुझोस् चिकित्सकको मर्म ? अझ समायोजन गर्ने सामान्य प्रशासन ले त कसरी बुझोस् उसले त श्रेणी र तह मात्र बुझ्ने हो कुन चिकित्सक कुन विशेषज्ञ भन्ने चिन्दैन ।

क्यान्सरको उपचार गर्ने चिकित्सकलाई गाउपालिकामा पारिएको छ। दरबन्दी नै नहुने स्वास्थ्य चौकीमा पठाएको छ, आठौँ तहको चिकित्सकलाई्र चिकित्सकलाई त जे गरे पनि हुन्छ भन्ने मानसिकताको विरुद्ध पनि हो चिकित्सकको आन्दोलन । म ५ न प्रदेशको कन्सल्टेन्ट डाक्टर ५ न मै काम गर्छु भन्दा पनि जबरजस्ती ४ न प्रदेश (गण्डकी प्रदेश) मा समायोजन गरेको छ । अरु प्यारमेडिक्स साथीहरुको त कुरै नगरौं तिनीहरुको त कति हरिबिजोक हुने गरि समायोजन गरेको छ भन्ने त गुनासो दर्ता गर्ने संख्याबाट थाहा हुन्छ ।

वैशाख ५ गते पछी देखिन्छ गुनासो दर्ता कति पुग्छ? ्र मानव संसाधन मात्र कुरा नगरौँ संस्थाको उदाहरण दिंदा म कार्यरत गुल्मी अस्पतालका ५ जना चिकित्सकको विभिन्न ठाउँमा समायोजन निश्चित भएको छ तर त्यहा को आउने निश्चित छैन । मानव संसाधनमा असर पर्नु भनेको संस्थालाइ असर पर्नु संस्थालाई असर पर्नु भनेको जनतालाई असर पर्नु हो र जनतालाइ असर पर्नु भनेको सरकारलाई असर पर्नु हो ।
समायोजनको नाममा अवैज्ञानिक आयोजन गरिएको छ जसले गर्दा समायोजनको अर्थलाई नै विपरीतार्थक गरिएको छ यो बेलैमै सच्चियोस ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “कर्मचारी समायोजनले सरकारी डाक्टरलाई दिएको पिडा

Leave a Reply to Deepak Cancel reply

Your email address will not be published. Required fields are marked *