चिकित्सक आन्दोलन : आजको अनौपचारिक छलफल निस्कर्ष बिहीन, भोलि फेरी बस्दै

काठमाडौँ, २९ चैत । आन्दोलनरत सरकारी चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीच बेलुका अवेरसम्म बार्ता चलेपनि निस्कर्षमा पुग्न भने सकेन । यद्धपी दुबै पक्षले बार्ता सकारात्मक रुपमा अघि बढेको भन्दै शनिबारसम्ममा निकास निस्कने संकेत गरेका छन् ।

समायोजनमा आफूहरुलाई संघ अन्तरगर्त राख्नुपर्ने मुख्य माग राखेर गत शुक्रबारबाट आन्दोलनमा उत्रिएको सरकारी चिकित्सक संघ नेपाल (गोदान) र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीच आज दिउसो देखि नै स्वास्थ्य मन्त्रालयमा अनौपचारिक छलफल चलेको थियो ।

छलफलमा स्वास्थ्य मन्त्रालयका सचिवद्धय चन्द्रकुमार घिमिरे र डा पुष्पा चौधरी, सहसचिवद्धय महेन्द्र श्रेष्ठ, जनार्दन गुरागाईँ तथा गोदानका तर्फबाट अध्यक्ष डा दीपेन्द्र पाण्डे, महासचिव डा रविन खड्का, डा कीर्तिपाल सुवेदी लगायतका प्रतिनिधि सहभागी थिए । यस्तै नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठको समेत सहभागिता थियो ।

के के कुरामा हुँदैछ सहमति ?
चिकित्सक जतिलाई संघ अन्तरगर्त राख्नुपर्छ भन्ने गोदानको यसअघिको मागमा मन्त्रालयका प्रतिनिधिहरु सहमत छैनन् । तर केही समयका लागि पुल दरबन्दी सिर्जना गरेर व्यवस्थापन गर्ने, सेवा सुविधा नघटने गरी खटाउने, सरुवा तथा बृत्तिविकासको कुरामा अधिकतम लचकता हुने भन्ने बारेमा सरकारी अधिकारीहरु केही नरम देखिएका छन् ।

आज सरकार निकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन)ले सहमति तत्काल गर्नुपर्ने र त्यसका लागि मध्यमार्गीबाटो भन्दै सुविधा नघटने गरी खटाउने, सरुवा तथा बृ िविकासको कुरा अघि सारेका थिए ।

अनौपचारिक छलफलमा गोदानका तर्फबाट सहभागी एक जना डाक्टर कीर्तिपाल बृहत रुपमा छलफल भएपनि निस्कर्षमा पुग्न नसकिएको बताए । उनले छलफल सकारात्मक रुपमा अघि बढेको बताए । ‘दुबै पक्षले थप केही तयारी गर्नुपर्ने देखियो । त्यसैले आजको छलफलबाट हामी छुट्यिौँ । भोलि फेरी बस्नेछौँ ।’

उनले सहमति हुने नहुने भन्नेबारेमा भने खुलाउन चाहेनन् । ‘भोली पनि हामी अनौपचारिक रुपमा छलफल गर्दैछौँ । त्यसबेला के हुन्छ हेरौँ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *