समायोजन सच्याउन दुई दिनमै ८ हजार स्वास्थ्यकर्मीको निवेदन

काठमाडौँ, २९ चैत । सरकारले सूचना निकालेको दुई दिन नबित्दै समायोजन सच्याउन ८ हजार बढी स्वास्थ्य कर्मीले निवेदन दिएका छन् ।

समायोजनमा अति नै बढी समस्या भएकाले गुनासो गर्न सक्ने भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५ बैशाख सम्मको अवधी राखेर बिहीबार सूचना जारी गरेको थियो ।

सो सूचनाका आधारमा आधारमा इमेलबाट र मन्त्रालयमा आफै उपस्थित भएर गुनासा टिपाएका हुन् ।

समायोजन सम्वन्धी गुनासोका लागि स्वास्थ्य र सामान्य प्रशासन मन्त्रालयमा गएर निवेदन दिनसक्ने र इमेलबाट पनि पठाउन सक्ने व्यवस्था छ । त्यसका लागि सामान्यले स्वास्थ्यका तीन जना र सामान्य प्रशासन मन्त्रालयका तीन जना अधिकारीहरु फोकल पर्सनका लागि तोकेको छ ।

‘सामान्यमा अहिलेसम्म ४ हजार बढी गुनासो आइसकेको जानकारी प्राप्त भएको छ । यहाँ पनि दुई हजार बढी नाघि सकेको छ । हामी छ जनाको व्यक्तिगत इमेलमा पनि गुनासो पठाएको अवस्था छ । मेरो ईमेलमा २ सय बढीको निवेदन आइसकेको छ,’ स्वास्थ्य मन्त्रालयका फोकल पर्सन शम्भु काफ्लेले बताए ।

उनले गुनासो सबै तहबाट उहि अनुपातमा आएको जानकारी दिए ।’ चौथो पाँचौँ छैटौँ तीनवटै तहका सबै उपसमूहका स्वास्थ्यकर्मीहरुले उस्तै अनुपातमा निवेदन हालेका छन्,’ काफ्लेले भने ।

‘निवेदन हाल्नेहरुमा अधिकांश अपायक र बेजिल्ला सरुवा भएकाहरु छन् । कर्णाली प्रदेश रोजेको मान्छे , धनकुटा पुगेको छ । धनुसामा हुन्छ भनेको मान्छे कोहलपुर पुगेको छ । यो त हुँदै भएन भनेर गुनासा आएका छन्,’ काफ्लेले भने ।

यसैबीच नेपाल स्वास्थ्यकर्मी संघले तोकिएको आधार र मापदण्ड विना नै स्वास्थ्य सेवाको कर्मचारीको समायोजन भएको आरोप लगाएको छ ।

संघका अध्यक्ष रामजी घिमिरेले आज विज्ञप्ती जारी गर्दैैकर्मचारी समायोजन ऐन, २०७५ ले कर्मचारी समायोजनका सन्दर्भमा केही निश्चित आधार र मापदण्ड कायम गरेपनि सो अनुसार नभएको दावी गरेको छ ।

उसले समायोजनमा व्यापक त्रुटि भएकाले अहिलेको समायोजन प्रक्रिया स्थगित गरी नयाँ ढंगबाट अघि बढ्न अनुरोध समेत गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *