दक्षिण कोरियामा गर्भपतन माथि लागेको प्रतिबन्ध फुकुवा

सियोल, २८ चैत । दक्षिण कोरियाको संवैधानिक अदालतले बिहीबार गर्भपतनलाई प्रतिबन्ध लगाउने कानुन खारेज गरेको छ । संविधानमा उल्लेख रहेको यस कानुनी व्यवस्थाले महिलाहरुको स्वास्थ्यमा खतरा उत्पन्न गराएको निष्कर्ष निकाली गर्भपतनमाथिको प्रतिबन्धलाई खुल्ला गरिएको हो ।

विश्वमा विकसित औद्योगिक राष्ट्रको रुप चिनिने दक्षिण कोरियामा गर्भपतनलाई गैरकानुनी मानिएको छ । बलात्कार, हाडनाता करणी, आमाको स्वास्थ्यमा खतरा रहेको अवस्थामा बाहेक अरु असुक्षित यौन सम्पर्कबाट हुने गर्भलाई त्याग्न नपाइने यस कानुनले महिलाको स्वास्थ्यमा खतरा उत्पन्न गरिरहेको थियो ।

गर्भपतनमाथि प्रतिबन्ध लगाउने यो कानुन संविधान बमोजिम नरहेको भन्दै नौ सदस्यीय बेन्चमा दुई विरुद्ध सात सदस्यीय बेन्चले कानुन खारेज गरेको हो । बहुमतका आधारमा भएको यस आदेशमा अर्को वर्षभित्र कानुनमा संशोधन गर्न भनिएको छ ।

गर्भपतनलाई प्रतिबन्ध गर्ने हालको कानुनले महिलाको अधिकारलाई सम्मान गर्न नसकेको अदालतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अदालतको आदेश अनुसार सरकारले नयाँ कानुन बनाएर गर्भपतनलाई बैधानिकता दिन सक्नेछ । तर संंसदबाट यो पारित भई कानुन नबनेको अवस्थामा पनि सन् २०२१ को जनवरी १ बाट अदालतको आदेश बमोजिम गर्भपतनले बैधानिकता प्राप्त गर्ने अदालतले जनाएको छ । एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *