चिकित्सकको ‘जेन्युन’ माग पुरा गर्न सरकार तयार छ : प्रवक्ता बास्कोटा

काठमाडौँ, २८ चैत ।  सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले चिकित्सकको जेनयुन माग पुरा गर्न सरकार तयार रहेको बताएका छन् ।

उनले त्यसअघि चिकित्सकले पनि आफ्नो पेशागत मर्यादा ख्याल राखी नियमित काममा फर्कनुपर्ने बताएका छन् ।
मन्त्रिपरिषदको निर्णय सुनाउन आज गरिएको नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको जवाफमा मन्त्री बास्कोटाले भने, ‘एकै पटक ठूलो संख्यामा कर्मचारी समायोजन हुँदा केही त्रुटि भएका हुनसक्छन् । त्यसलाई सरकारले करेक्सन गर्न तयार छ ।’

उनले समायोजनमा प्राविधिकहरु सन्दर्भमा सरकार अझ गम्भीर रहेको बताए । ‘चिकित्सकहरु प्राविधिक हुन् । हामी त्यसमा अत्यन्त गम्भीर छौँ । तर उहाँहरु पनि त आफ्नो मर्यादामा बस्नु परयो ,’मन्त्री बास्कोटाले अगाडी थपे, तर चिकित्सक पनि आफ्नो मर्यादामा बस्नु परयो । सेता कोट लगाएँ भन्दैमा शक्ति प्रदर्शन गर्ने, सरकारले खटाएको ठाँउमा जादैनौँ, हामी विशेष हौँ भन्ने जस्ता कार्य उचित होइनन् । सरकारले त्यसलाई सहिय गर्दैन ।’

उनले आन्दोलनरत चिकित्सकहरुले उठाउँदै आएको बृत्ति विकासको कुरा, अध्ययनको कुरामा सरकार गम्भीर भएको र त्यसमा चिकित्सक बर्ग आत्तिनु नपर्ने समेत प्रष्ट पारे ।

उनले आन्दोलनरत चिकित्सकसंग बार्ता हुने र निकै छिटो त्यसको रिजल्ट देखिने समेत ठोकुवा गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *