केही डाक्टरको ‘इन्ट्रेष्ट’ गरिएको आन्दोलन सफल हुँदैन : स्वास्थ्य राज्यमन्त्री डा. यादव

काठमाडौँ, २८ चैत । स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले आन्दोलनरत चिकित्सकको माग पुरा हुन नसक्ने बताएका छन् । उनले वीर अस्पतालका केही डाक्टरको ‘इन्ट्रेष्ट’मा आन्दोलन भइरहेको भन्दै त्यो माग पुरा हुन नसक्ने बताएका हुन् ।

‘हामीले हेरिरहेका छौँ बुझि रहेका छौँ । कर्मचारी समायोजन ऐन आइसक्यो । सोही ऐन अनुसार समायोजन भएको हो । यसमा आपत्तिको विषय के छ ? वीर अस्पतालका केही डाक्टरको इन्ट्रेसले समग्र स्वास्थ्य सेवालाई प्रभावित गर्न पाइन्छ ?,’ प्रतिप्रश्न गर्दै उनले अगाडी थपे, ‘त्यसकारण यो पुरा हुने माग छैन, पुरा पनि हुँदैन ।’

राज्यमन्त्री डा. यादवले यसअघि सरकारी चिकित्सक संघ नेपाल (गोदान)संग स्वास्थ्य मन्त्रालयले गरेको सम्झौँता पनि कार्यान्वयन गरेको दावी गरे । ‘हामीले त्यसबेला बार्ता गर्दा स्पष्ट भनेका थियौँ । चिकित्सकको मागलाई सम्वोधनका लागि सामान्यलाई अनुरोध गर्ने । हामी अनुरोध त गरयौँ । अब सामान्यले नै मान्दैन त हामी के गर्ने ? हामीले सहमति अनुसार अनुरोध त गरेकै हो नि,’ उनले भने ।

चिकित्सकको आन्दोलनको कारण विरामीहरुको सेवा प्रभावित भएको विषयमा पनि स्वास्थ्य राज्यमन्त्री पूर्ण सहमत हुन सकेनन् । ‘मैले हिजो मात्रै प्रसूति गृह अस्पतालको अनुगमन गरेको हुँ । सबै डाक्टर डिउटीमा छन् । अन्त पनि त्यस्तै रिपोर्ट आएको छ । सेवा कहाँ अवरुद्ध भएको छ ? केही डाक्टरले वीर अस्पतलमा अवरुद्ध गर्न खोजेका छन् । तिनीहरुको मंक्सद के हो भन्ने सबैलाई थाह छ,’ राज्यमन्त्री डा. यादवले भने ।

यता गोदानले भने आज विहानै देखि वीर अस्पताल परिषरमा त्रिपाल टांगेर बाहिरबाटै ओपिडी सेवा दिएको छ । बिरामीलाई मर्का नपरोस भन्नका लागि आन्दोलनकै फरक स्वरुपमा बाहिरबाट सेवा उपलव्ध गराएको गोदान अध्यक्ष डा दीपेन्द्र पाण्डेले बताए ।

अधिकृत माथिका सबै सरकारी चिकित्सकलाई संघ अन्तरगर्त राखेर समायोजन गर्नुपर्ने भन्दै गोदानले गत शुक्रबारबाट अस्पतालमा आकस्मिक बाहेकका सेवा नदिने गरी आन्दोलनका कार्यक्रम अघि सारेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “केही डाक्टरको ‘इन्ट्रेष्ट’ गरिएको आन्दोलन सफल हुँदैन : स्वास्थ्य राज्यमन्त्री डा. यादव

  1. जनकपुर अञ्चल अस्पताल को Emergency बाहेक सबै बन्द हुँदा वहा को जानकी हेअल्थ ले राम्रो व्यापार गरि रहेकोले सायद उनलाई बिर मात्र बन्द भएको जस्तो लाग्य होला

Leave a Reply to Harsha Cancel reply

Your email address will not be published. Required fields are marked *