प्रतिबन्धितऔषधिसहित दुई जना पक्राउ

भद्रपुर, २८ चैत । झापाको दक्षिण सीमावर्ती नाका केचनाकवल पछिल्लो समय भारतीय औषधि नेपाल भित्र्याउने तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ । बुधबार पनि नेपालमा प्रतिबन्धित भारतीय ब्राण्डको रु ९० हजार मूल्य बराबरको औषधिसहित दुई जनालाई सोही नाकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट केचनाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतीय ब्राण्डका ट्रामाडोल हाइड्रो क्लोराइड नामक प्रतिबन्धित औषधिसहित हल्दिवारी गाउँपालिका–४ बस्ने ३५ वर्षीय जीतबहादुर राजवंशी र विर्तामोड नगरपालिका–५ का ३९ वर्षीय राजेन्द्र लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

उनका अनुसार मे१०प १३३९ नंको मोटरसाइकलमा सवार दुवै भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा कचनकवल–३ बगानमा जाँचको क्रममा औषधिसहित पक्राउ गरिएको हो । उनीहरु दुवैलाई जिप्रकाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको र बरामद औषधि बुधबारै औषधि व्यवस्था विभाग विराटनगरलाई बुझाइने प्रवक्ता श्रेष्ठले बताए ।
रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *