सरकारी चिकित्सक संघले बोलायो आकस्मिक बैठक
काठमाडौँ, २० चैत । सरकारी चिकित्सक संघ (गोदान) ले स्वास्थ्यको समायोजनको सूची सार्वजनिक भएलगत्तै आकस्मिक बैठक बोलाएको छ ।
सरकारले गोदानसँग गरेको सम्झौता र प्रतिवद्धता विपरित समायोजन गरेको भन्दै आज दिउसो साढे ३ बजे छलफलको लागि बैठक बोलाएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सूचीमा एघारौँ तहका डाक्टरलाई आठौँ तहको दरबन्दीमा समायोजन गरेको छ । सूचीमा सरकारले गरेको सम्झौताअनुसार समायोजन नभएपछि गोदानले असन्तुिष्ट जनाएको छ ।
गोदानले सरकारी चिकित्सकलाई संघ मातहतमा राखेर समायोजन गर्न माग गर्दै आएको छ । सबै सरकारी चिकित्सकहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन गोदानले आग्रह समेत गरेको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com