‘काठमाडौँ बेस मात्रै नबुझौँ, ईशान बच्चाको लागि रेफरल अस्पताल पनि हो’

डा. आरपी चौधरी

डा. आरपी चौधरी यतिवेला बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालको कार्यकारी निर्देशक भएका छन् । सरकारीस्तरको केन्द्रीय वाल अस्पताल कान्ति बाल अस्पतालमा पेडियाट्रिक सर्जनको रुपमा काम गरेका उनले हालैका दिनमा राजिनामा दिएर ईशानको कार्यकारी नेतृत्वको जिम्मा लिएका हुन् । उनले अब ईशान अस्पतालको सेवालाई कसरी सुदृड बनाउनदै छन् त ? नेपाली हेल्थका रामप्रसाद न्यौपानेले ती विषयमा केन्द्रीत रहेर सोधेको प्रश्नको जवाफ यसरी दिए  :

ईशान अस्पतालको कार्यकारी निर्देशक हुनु भएको छ, अस्पताल सुध्रिडीकरणका लागि यहाँको योजना के के छन् ?
यहाँलाई थाह नै होला इशान अस्पताल नेपालको पहिलो निजी बाल अस्पताल हो । अहिले हामी २४ बर्षमा प्रवेश गरेका छौँ । सरकारी अस्पतालले देशभर पुरा सेवा दिन नसक्दा खेरी एउटा नयाँ किसिमको अवधारणा लिएर त्यसबखत स्थापना भएको अस्पताल हो यो । तसर्थ यो एउटा युनिक किसिमको निजी अस्पताल हो । बालरोगको उपचार गर्ने भन्दै खोलिए पनि अहिले यसमा प्रसूति सेवा पनि थपिएको छ । त्यसबाहेक अरु धेरै सेवाहरु ईशानले दिइरहेको छ ।

अर्कोकुरा, अस्पताल अहिलेसम्म भाडाको भवनमा सञ्चालन हुँदै आएको छ । तर अब हामी आफ्नै अस्पताल भवन बनाई त्यहाँबाट सेवा दिने योजनामा अघि बढेका छौँ । अहिले भएको अस्पताल भवन भन्दा करीब दुई सय मिटर बाहिरपट्टी ८ तले अत्याधुनिक भवन बनाउने तयारीमा छौँ । त्यसको सिलान्यास समेत भइसकेको छ । त्यहाँ एक सय बेडको अत्याधुनिक बाल तथा महिला अस्पताल रहनेछ । हाल भने हामी २५ बेडको स्वीकृत पाएका छौँ । ५३ वेडको स्वीकेति पाउने क्रममा छौँ । तर अव हामी नयाँ भवनमा सर्दै गर्दा एक सय बेडको अस्पतालमा स्तरोन्नती हुनेछौँ ।

मलाई के लाग्छ भने अस्पतालमा विरामीको संख्या बढाएर मात्रै पनि हुँदैन । गुणस्तरीय स्वास्थ्य सेवा चाही अनिवार्य रुपमा बढाउँदै जानुपर्छ । विशेषज्ञद्धारा नविनतम प्रविधिको उपयोग गरी नयाँ नयाँ उपचार पद्धती हुनुपर्छ भन्ने मेरो मान्यता हो ।

हामीसंग अहिले नवजात शिशुको विशेषज्ञ छ । विभिन्न विषयका विशेषज्ञ सेवाहरु पनि थप्नुपर्ने देखिन्छ । बालरोगमा पनि हामी कहिलेकाँही सब स्पेश्यालिटी भन्छाँै । नवजात शिशुको छ । सघन उपचार कक्ष छ । आन्द्रा जोडिएका बच्चाहरुको पनि गर्न सक्छौँ । बच्चाको मिर्गौला, क्यान्सर लगायतका रोगका उपचारको समेत व्यवस्था गर्न सक्छौँ ।

अब ल्याप्रोस्कोपिक सर्जरी (सानो प्वाल बनाएर गरिने सर्जरी) पनि सुरु गर्ने तरखरमा छौँ । बच्चाको हाडजोर्नी विभाग पनि यसपटक हामीे मजवुत रुपमा अघि बढाउने योजनामा छौँ । प्रसुति सेवा चौविस घण्टा गरेका छाँै । अब हामीले बच्चा नपाउने आमाहरुको उपचारका लागि इन्फर्टिलिटी क्लिनिक समेत सञ्चालन गर्ने योजना अघि सारेका छौँ । त्यसका लागि आइभिएफ सम्वन्धी डाक्टरहरु हामीसंग आवद्ध भइसक्नु भएको छ । बच्चाको हड्डीको उपचारमा पनि आधुनिक तरिकाबाट उपचार गर्ने तयारीमा छौँ । खासमा अस्पतालको स्तरउन्नती देखि सेवा सुविधा थप्ने योजनामा छौँ ।

नेपालको पहिलो निजी अस्पताल जहाँ अहिले चौविस घण्टा इमरजेन्सीमा बालरोग विशेषज्ञ छ । केही बर्ष अघिसम्म मेडिकल अफिसरले इमरजेन्सी चलेको थियो । तर अहिले अस्पतालले इमरजेन्सीमा पनि बालरोग विशेषज्ञ राखेको छ ।

विहान ८ बजे देखि बेलुका ८ बजेसम्म बरिष्ठ बालरोग विशेषज्ञ र बालर्सजरी विभागका डाक्टरबाट हामी ओपिडी सेवा दिदैछौँ । त्यो १२ घण्टा ओपिडी सेवा भनेको पनि ठूलो कुरा हो ।

ईशानमा बाल र महिलाको रोगबाहेक अरुको उपचार हुँदैन है ?
हामी मल्टीडिसिपिलनोरी एप्रोच लिएर अघि बढेका छौँ । अहिलेसम्म ईशान भन्ने वित्तिकै बच्चाको मात्रै भन्ने सोच छ । तर त्यो होइन । हामीकहाँ नाककान घाँटीका डाक्टर हुनुहुन्छ । आँखाको डाक्टर हुनुहुन्छ । हाडजोर्नीको, छालारोग विभागको डाक्टर हुनुहुन्छ । फिजियो थेरापी विभाग पनि छ हामीसंग । प्रसूति तथा स्त्री रोग सेवा पनि छ । बच्चा बाहेक ठूला व्यक्तिका लागि पनि जनरल सर्जन छन् , जनरल फिजिसियन पनि छन् ।

सर्भिस राम्रो हुनका लागि जनशक्ति मात्रै नभएर उपकरण पनि उत्कृष्ठ हुनुपर्ने होला ? इशानमा कस्तो छ ?
नेपालकै पहिलो बाल अस्पताल भएको र २४ बर्ष पुगिसकेको अवस्थामा पक्कै पनि हामीले त्यो विचार गरेकै छौँ । नेपालमा गर्न सकिने बच्चाको सबैखाले सर्जरी यहाँ हुन्छ । हामीले केही महिना अघि मात्रै एक जना २४ बर्षीया युवतीको योनी रिप्लेसमेन्ट गर्न सफल भएका छौँ । यस्ता यस्ता केशका लागि उपकरण नभई त हुँदैन । अब हामी नयाँ अस्पतालमा जाँदैछौँ । नयाँ भवन बन्दैछ । त्यहाँ पुगेपछि अत्याधुनिक बनाउनेछौँ । सीटीस्क्यान पनि राख्ने योजनामा छौँ ।

ईशानले गर्भवती हुने र भईसकेका महिलाहरुका लागि काउन्सिलिङ पनि गर्दछ भन्ने सुनिएको छ ? यो के हो ?
तपाईँले सुन्नु भएको ठिक हो । अहिलेको समाज निकै परिवर्तन भएको छ । अहिले बच्चा पाउने योजना गर्नुृ अघि नै विशेषज्ञकहाँ सल्लाह लिन आउनुहुन्छ । गर्भवति भएपछि पनि नियमित रुपमा भ्रुणको अवस्थाको बारेमा सल्लाह लिन आउनुहुन्छ ।

कहिलेकाँही कतिपय गर्भवतीको पेटमा रहेको हुर्किन लागेको बच्चामा डिफेक्टहरु देखिन सक्छन् । त्यस्तो बेलामा परामर्श र उपचारका लागि सल्लाह लिन आउनुहुन्छ । यो एकदमै ठिक पनि हो । किनभने यसले बच्चा र परिवारको भविस्य समेत निर्धारण गर्ने हुन्छ । हामीले रोगको अवस्था, केशको अवस्था हेरिकन उपयुक्त सल्लाह र परामर्श दिन्छौँ । अधिकांश केशहरु बचाउन लायक नै हुन्छ । तर कतिपय रोगहरु यस्ता छन् जो भ्रुणमा देखियो भने त्यो राखेर काम छैन । त्यसबेला मेडिकल टर्मिनेशन अफ प्रेग्नेन्सी भनी बच्चा नराख्न सल्लाह पनि दिन्छौँ ।

पेटमा रहेको भ्रुण ठिक अवस्थाको छ छैन कसरी थाह हुन्छ ?
प्रि नेटल काउन्सिलिङ गरी एन्टीनेटल अल्ट्रासाउन्ड गर्दछौँ । १८ देखि २० हप्ताको भएपछि कन्जाइनटल एलोमेनिया स्क्यान भन्दछौँ । त्यसले केही डिफेक्ट रहेछ पेटको बच्चामा भने त्यो देखाँउछ । र २० देखि २४ हप्तासम्मको त मज्जाले थाहा भइहाल्छ ।

अनि डिफेक्ट देखियो भने २० देखि २४ हप्तासम्मको गर्भ पतन गर्न मिल्छ ? स्वास्थ्यको दृष्टिले कानुनी दृष्टिले पनि त मिल्दैन होला नि ?
सरकारले १२ हप्तासम्मको गर्भपतन गर्न कानुनी रुपमा रोक लगाएको छैन । तर मैले यो चाहि मेडिकल टर्मिनेशन अफ प्रेग्नेन्सीको कुरा गरेको हुँ । मेडिकल कारणले गर्दा बच्चाको भविस्य राम्रो छैन । बच्चा अपांग भएर जन्मिन्छ भने वा उसको जीवन नै बाँच्न लायक हुँदैन भने त्यस्तो केशमा मेडिकल टर्मिनेशन अफ प्रेग्नेन्सी जतिवेला नि गर्न मिल्छ ।

यस्तो केशहरु तपाईँकहाँ आएका छन् ?
धेरै नै आएका छन् । कसैको मिर्गौला सुन्निएको, कसैको हनिर्या भएको, कसैको खाने नलि र स्वास नली जोडिएको ।यस्ता केशहरु आएका छन् जो हामीले पहिले नै पत्ता लगाउन सक्दछौँ । हामीले गरेका पनि छौँ ।

इशासनले अहिलेसम्म कति सर्भिस दियो होला ?
हामी यति भनौ सरकारीमा कान्ति पछि बालबालिकाको उपचार गर्ने इशान दोस्रो अस्पताल हो । विरामी बालबालिकाको संख्याको दृष्टिकोणले, उपचारको दृष्टिकोणले, सेवाको दृष्टिकोणले । हामीले गतवर्ष मात्रै समिक्षा गरेका थियौँ । पूर्व मेचि देखि पश्चिम महाकालीसम्मको विरामी हामीकहाँ सेवा लिन आएको छ ।

यो काठमाडौँ वेस अस्पताल मात्रै होइन, बच्चाको लागि रिफरल अस्पताल पनि हो । हामीकहाँ आउने ६० देखी ७० प्रतिशत विरामी काठमाडौँ बाहिरकै हो ।


निजी अस्पतालसंग जोडिने अर्को कुरा उपचार शुल्कको हो । रिफरल हस्पिटलको रुपमा पहिचान गराउँदै जाँदा यहाँ आउने विरामीले शुल्क तिर्न नसक्ने अवस्था भएको त छैन नि ?
यो निजी लगानीको अस्पताल हो । केही नाफा त हुनु पर्छ नै । लगानी कर्ताले पनि नाफा कमाउन खोज्दछ नै। तर नयाँ नयाँ अहिले जसरी निजी अस्पतालहरु आएको छ । ती भन्दा इशान अस्पताल सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिने निजी अस्पताल हो भन्न गाह्रो हुँदैन । यो बाल अस्पताल भएकोले सबै स्टाफ कर्मचारीहरु बालमैत्री व्यवहार गर्दछन् । यी सबै सेवा दिदै गर्दा केही शुल्क बढी मानिएको हुनसक्छ । तर अहिले नयाँ र ठूला भनिएका निजी अस्पतालभन्दा इशानको सेवा पक्कै सुलभ र प्र्रभावकारी छ ।

अर्को कुरा हामीले नेपाल सरकारले दिएको निर्देशन बमोजिम १० प्रतिशत सैयाँ गरीव तथा विपन्नका लागि उपलव्ध समेत गराएका छौँ । र यो पनि जानकारी दिउँ पैसाको कारणले अहिलेसम्म ईशानबाट एक जना पनि विरामी उपचार विहीन भएर फर्किएको रेकर्ड छैन ।

निजी अस्पतालमा सुनिने अर्को गुनासो के भने एउटै डाक्टरले धेरै अस्पतालमा काम गर्ने भएकोले समयमै उपलव्ध हुन नसक्ने भन्ने छ । इशानको हकमा के छ ?
समय सापेक्ष कुरा गर्नुभयो । स्थापनाको सुरुवाती कालमा पार्ट टाइम डाक्टर हुनुहुन्थ्यो । अहिले के छ भने नसक्ने मान्छे निजी अस्पतालमा जानै खोज्दैन । तर बढी धनी मानिसहरु विदेश गएर उपचार गराउँछन् । त्यसैले निजी अस्पतालमा मध्यम बर्गीय परिवारका मानिसहरु नै बढी आउँछन । र पछिल्लो समय के पनि छ भने गुणस्तरीय सर्भिस दिनुहोस् खर्च भर्न विरामी पक्ष तयार हुन्छ । निजीमा आउनुको एउटा कारण यो पनि हो कि सरकारीमा जाँदा ढिला काम हुन्छ । निजीमा छिटो हुन्छ भनेर नै । अब फुलटाइमरकै रुपमा जानुपर्छ । हामीले त्यस्तो तयारी छ । कसैलाई स्पेशल एपोन्टमेन्ट गरेका छ।

दिनमा कति सर्जरी हुनछ ?
दिनमा औषत ४ वटा अप्रेशन हुन्छ । पेडियाट्रिक सर्जरीको लोड हेर्नुहुन्छ भने कान्ति पछिको अस्पताल इशान नै हो ।

इशानको नयाँ योजना के छ ?
पहिलो भनेको चाइल्डफ्रेन्डली अस्पताल बनाउने पहिलो प्रायोरिटी छ । अहिलेको भवनमा केही आफ्नै सिमा छ । किनभने हामी अहिले भाडाको भवनबाट सेवा दिइरहेका छौँ । अहिलेको भवन अस्पताल सेटअपमा छैन । अब बन्ने भवन हस्पिटल सेटअपमै तयार हुन्छ । सिटिस्क्यान देखि लिएर ल्याप्रोस्कोपिक देखि लिएर सबै उच्चस्तरीय सामानहरु जोडने योजनामा छौँ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *