केन्द्रीय ब्लड बैंक ललितपुरको बालकुमारीबाट काठमाडौँको सोल्टीमोड सर्‍यो

सोल्टीमोडस्थित रेडक्रस भवन परिसरमा बनाइएको नवनिर्मित ब्लड बैंक भवन

काठमाडौँ, १६ चैत । नेपाल रेडक्रस सोसाइटीले ललितपुरको बालकुमारीबाट सञ्चालन गर्दै आएको केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (व्लड बैंक) को सेवा अब काठमाडौँको सोल्टीमोडबाट लिन सकिने भएको छ ।

रेडक्रसले यसअघि बालकुमारीबाट उपलव्ध हुँदै आएको रक्तसञ्चार सम्वन्धी सम्पूर्ण सेवा आइतबार (भोलि)बाट आफ्नो केन्द्रीय कार्यालय परिसरमा बनाएको नयाँ ब्लड बैैंक भवनबाट उपलव्ध गराउने जनाएको छ ।

विसं २०७२ साल बैशाखको भूकम्पबाट भृकुटीमण्डपस्थित केन्द्रीय रक्तसञ्चार सेवाको भवनमा क्षति पुगेपछि रेडक्रसले सो सेवा
२०७२ पुस देखि बालकुमारीमार रहेको रक्तसञ्चार आपत्कालीन सेवा केन्द्रबाट उपलव्ध गराउँदै आएको थियो ।

“ सेवाकेन्द्रबाट हुदै आएका स्वयंसेवी रक्तदाताहरुबाट संकलन गरिएको रगतको परिक्षण र भण्डारन गर्ने र विरामीहरुको लागि आवश्यक रगतको प्रकार खुलेको चिकित्सकको पूर्जा लिईआएका सेवाग्राहीलाई रगत उपलव्ध गराउने काम चैत १७ गते आइतबारदेखि यो नयाँ सेवा भवन कालिमाटीबाट नै हुनेछ ।” नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए ।

उनले भने त्यसबाहेक रक्तदाता व्यक्ति, संस्थाहरुबाट रक्तसंकलनको समन्वय, रक्तसंकलनको लागि उत्प्रेरणात्मक गतिविधि तथा देशभरका विभिन्न ७३ जिल्लाका १०८ स्थानमा रहेका नेरेसोका रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूको समन्वय तथा सहयोग लगायतको कामहरु पनि सोल्टीमोडस्थित नयाँ भवनबाट हुने जानकारी दिए ।

ब्लड बैंकका निर्देशक डा मनिताराज कर्णिकारले ललितपुरको बालकुमारीबाट सेवा दिने क्रममा स्थान अभाव भई साँगुरो भएको, धेरै सेवाग्राहीलाई यातायात सेवाको दृष्टिले अपायक परेको गुनासो आइरहेकोमा थाइ रेडक्रसको सहायोगमा निर्माण भएको यो नयाँ भवनमा धेरै सेवाग्राहीलाई पायक पर्ने र सेवा दिन सहज हुने अवस्था रहेको बताइन ।

भूकम्पले क्षति बनाएको भृकुटीमण्डपमा भवन निर्मांणकार्य भइरहेको र सो अत्याधुनिक भवनको निर्माण सम्पन्न भएपछि त्यहिँबाट सेवा सुरुहुने जानकारी नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले दिए ।

२०२३ साल साउन १२ गते नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्रको सञ्चालन प्रारम्भ भएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *