सुत्केरी भएको २६ दिन पछि जन्मिए जुम्ल्याहा सन्तान

एजेन्सी । बंगलादेशमा २० वर्षीया एक महिलाले पहिलो सन्तान जन्माएको २६ दिनपछि जुम्ल्याहा बच्चा जन्माएकी छन्। चिकित्सकहरुले भने पहिलो बच्चा जन्माइसकेपछि पनि उनको पेटमा जुम्ल्याहा बच्चा भएको थाहा नपाएको बताएका छन्।

आरिफा सुल्ताना इती नाम गरेकी ती युवतीले गत शुक्रबार (२२ मार्च)खुलाना मेडिकल कलेज शिक्षण अस्पतालमा शल्यक्रिया गरी जुम्ल्याहा सन्तान जन्माएकी हुन् ।

उनले २६ दिनअघि सोही अस्पतालमा सामान्य प्रक्रिया (नर्मल डेलिभरी)बाट एक सन्तान जन्माएकी थिइन्। पहिलो सन्तानको रुपमा उनले छोरालाई जन्माएकी थिइन । २६ दिन पछि भने एक छोरा र एक छोरी जन्माएकी हुन् ।

अहिले तीन सन्तान र आमाको अवस्था सामान्य रहेको बताइएको छ।

उनको उपचारमा संलग्न डा. शीला पोद्दाले समाचार संस्था एएफपीसँग भनेकी छन्,’हामीलाई पहिलो सुत्केरीपछि उनको गर्भमा अरु दुई बच्चा रहेको थाहा थिएन। २६ दिनपछि पेटमा समस्या भएको भन्दै उनी अस्पताल आइन् अनि मात्रै उनको गर्भमा दुई बच्चा रहेको थाहा भयो।’

त्यतिबेला चिकित्सकले उनको पेटमा रहेको दोस्रो पाठेघर र त्यसमा रहेका दुई बच्चाको ख्यालै गरेनन्। पछि उनी अस्पताल जाँदा चिकित्सकले ‘अल्ट्रासोनेग्राफी,’ टेस्ट गरेपछि बल्ल उनको पेटमा दुईवटा पाठेघर रहेको थाहा पाए।

उनले पहिलो सन्तानलाई पहिलो पाठेघरबाट र जुम्ल्याहा शिशु दोस्रो पाठेघरबाट जन्म दिएकी हुन्। यस्तो घटना निकै दुलर्भ रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

आरिफाका पति सुमोनले भने, अल्लाहले चमत्कार गरेको प्रतिक्रिया दिएका छन् । मजदुरी गर्ने सुमोनले आफ्नो जिम्मेवारी थपिएको भन्दै सबैलाई सुशी र खुशी साथ राख्न कोसीश गर्ने बताए ।

आरिफा र उनका सन्तानको स्वास्थ्य राम्रो रहेकाले मंगलबार डिस्चार्ज भएका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *