सामान्यले समायोजन प्रक्रिया औपचारिक रुपमा टुंग्याउँदै, स्वास्थ्य समूहको सूची आजै आउँदै

काठमाडौँ, १४ चैत । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन प्रक्रिया औपचारिक रुपमा नै टुंग्याउँदै छ । मन्त्रालयले त्यसबारे जानकारी दिन आज विहान ११ बजेका लागि पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

मन्त्रालय स्रोतका अनुसार त्यसअघि नै स्वास्थ्य समूहका करीब २८ हजार कर्मचारीको समायोजन सूची प्रकाशित गर्दैछ । अहिलेसम्म अरु सबै समूहका कर्मचारी समायोजनको सूची प्रकाशित गरेपनि स्वास्थ्य समूहका कर्मचारीको समायोजन सूची सार्वजनिक भएको छैन ।

‘निजामती तर्फ ६१ हजार र स्थानीय तर्फ ११ हजारको सूची सार्वजनिक भईसकेको छ । अब स्वास्थ्यको करीब २८ हजार कर्मचारीको सूची प्रकाशित भएपछि करीब १ लाख कर्मचारीको समायोजन टुंगिनेछ । स्रोतले भन्यो, ‘ हामीले आज त्यसको औपचारिक घोषणा गर्दैछौँ ।’

पत्रकार सम्मेलन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले गर्ने छन्। सो कार्यक्रममा मुख्यसचिव लोकदर्शन रेग्मी, बिभिन्न मन्त्रालयका सचिवहरुको समेत सहभागिता हुने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *