ब्रोकन हार्ट सिन्ड्रोम : मन दुखेका बेला मानिसको मृत्यु हुने अवस्था

एजेन्सी । एक अनुसन्धानले मन दुखेका बेला अर्थात ठूलो मानसिक पिडा भएका बेला मानिसको मृत्यु पनि हुनसक्ने तथ्य निकालेको छ ।

स्विजरल्याण्डका अनुसन्धानकर्ताहरुले ठूलो मानसिक पीडाले कसरी मस्तिष्कलाई प्रभावित गर्छ र मुटुमा क्षति पुरयाउँछ भन्ने पत्ता लगाएका छन् । उनीहरुले यस्तो दुर्लभ र अस्वाभाविक स्थितिलाई ब्रोकन हार्ट सिन्ड्रोम भनेका छन् ।

बैज्ञानिकहरुका अनुसार दुखद घटनाका कारण मस्तिष्क र मुटुमा नराम्रो प्रभाव पर्न सक्छ ।

यसबाट मुटुमा एउटा दुलर्भ रोग विकसित हुनसक्छ । टाकट्सुबो सिन्ड्रोमले मुटुका केही भागको रुप फेरिदिन्छ र मुटुको आकार अक्टोपस समात्न प्रयोग हुने जापानी भाँडो टाकट्सुबोजस्तै बन्छ । यसबाट हृदयघात र मृत्यु पनि हुनसक्छ ।

युनिभर्सिटी हस्पिटल ज्युरिकका चिकित्सकहरु भन्छन, अबको कामयी तथ्यहरुको पुष्टि गर्नु र रोग रोकथामका लागि उपचारविधि बनाउनु हो ।

अध्ययनमा बैज्ञानिकहरुले शोक, डर र रिसको प्रभावको अध्ययन गरे । शोधकर्ताहरुले भावनात्मक दुखले मस्तिष्कका चार भागलाई उचित तालमेल गर्न नदिने पत्ता लगाएका थिए ।

  • बीबीसीको सहयोगमा
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *