थाहा पाउनुस् क्षयरोग सम्बन्धि १२ तथ्य

१ . सन् १८८२ मार्च २४ का दिन जर्मन नागरिक  डा. रोबर्ट कोचले क्षयरोगको किटाणु पत्ता लगाएका थिए । यसको १०० बर्ष पछि सन् १९८२ मा इन्टरनेशनल युनियन अगेन्स्ट ट्युवरक्लोसिस एण्ड लङ डिजिज (आईयुएटीएलडी)को सिफारिसमा २४ मार्चको दिनलाई विश्व क्षयरोग दिवसको रुपमा मनाउँदै आइएको छ । यसबर्षको नारा ‘समय अबको, क्षयरोग अन्त्यको’ तय गरिएको छ ।

२. विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१७ मा विश्वभर १ करोड मानिस क्षयरोगको संक्रमणमा परेका थिए । करीब १६ लाख मानिसले क्षयरोगकै कारण ज्यान गुमाए । त्यसमा बालबालिकाको संख्या २ लाख ३० हजार थियो ।

३. नेपालमा सरकारी स्वास्थ्य संस्थामा क्षयरोगको सम्पूर्ण उपचार निशुल्क छ ।

४. विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रतिवर्ष ४५ हजार नयाँ क्षयरोगी थपिन्छन । पुराना क्षयरोगी समेत गर्दा ६० हजार पुग्ने गरेको अनुमान छ ।

५. नेपालमा क्षयरोगको कारणले बार्षिक ५ देखी ७ हजार मानिसको मृत्यु हुने गरेको छ । नेपालमा मानिसको ज्यान लिने प्रमुख रोगहरुको लिष्टमा क्षयरोग पाँचौँ देखि सातौँ नम्बरमा पर्दछ । विश्वव्यापी तथ्यांकको आधारमामा भने यो मानिसको ज्यान लिने प्रमुख रोगको लिष्टमा १० औँ स्थानमा पर्दछ ।

६. विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा बार्षिक १ हजार एमडीआर टिविका बिरामी थपिन्छन् । तर गत आर्थिक बर्षमा ४२० जना विरामी मात्रै सरकारको सम्पर्कमा पुगेका थिए ।

७. क्षयरोगको नयाँ बिरामी ४५ हजार थपिने भनिएपनि सरकारी उपचारको पहुँचमा ३२ हजारको हाराहारीमा पुग्ने गरेका छन् । बाँकी करीब १३ हजार विरामीको एकीन तथ्यांक अझै भेटिएको छैन ।

८. नेपाल सरकारले क्षयरोगको उपचारमा बार्षिक ६७ करोड बजेट खर्च गर्दै आएको छ । जसमा औषधिमा मात्रै २३ करोड रकम खर्च हुने गरेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ ।

९. गतवर्ष संयुक्त राष्ट्रसंघको उच्चस्तरीय बैठक (हाई लेभल मिटिङ) सुशुप्त रुपमा रहेको क्षयरोग व्यवस्थापन गर्नुपर्ने सवाललार्य सशक्त रुपमा उठाएको छ । जसमा विश्वभर सन् २०२२ सम्ममा ४ मिलियन ( ४० लाख) ५ बर्ष मुनिका बालबालिका, ७ मिलियन (७० लाख) एचआईभी संक्रमित तथा २० मिलियन ( २ करोड) क्षयरोगको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुलाई क्षयरोग रोकथामको उपचार गर्ने लक्ष्य लिएको छ ।

१०. नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत स्वास्थ्य प्रणाली मार्फत ४ हजार ३२३ उपचार केन्द्र स्थापना गरी डटस उपचार सेवा, ६०४ प्रयोगशाला, ५६ वटा जीन एक्सपर्ट केन्द्र, २ वटा राष्ट्रिय प्रेशण प्रयोगशालाबाट सेवा उपलव्ध छ ।

११. औषधि प्रतिरोधी क्षयरोग (डीआरटीवी)को २० महिने लामो उपचार विधिलाई अहिले ९ देखि १२ महिनामै हुन थालेको छ ।

१२. सरकारले डीआरटीवीका विरामीलाई मासिक ३ हजार र खकारमा किटाणु देखिएका पुन बल्झिएका विरामीका लागि मासिक ५ सय रुपैयाँ उपलव्ध गराउँदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *