गैंडाकोटमा पुरानो मेडिकल कलेजको नि:शुल्क स्वास्थ्य शिविर, ७ सय बढी लाभान्वित

चितवन,९ चैत । सुम्निमा ग्रामीण बचत तथा ऋण सहकारी संस्था गैंडाकोटको रजत जयन्तीको अवसर पारी गैंडाकोटमा बृहत निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

भरतपुरस्थित पुरानो मेडिकल कलेजको प्राबिधिक सहयोगमा भएको उक्त शिविरमा शिविरमा ७ सय बढी स्थानीयले निशुल्क रुपमा स्वास्थ्य परीक्षण गराएका छन् ।

शिविरका लागि पुरानो मेडिकल कलेजबाट बरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ प्रा डा महेश माथुर, बरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा डा माधब घिमिरे , बरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेष प्रा डा प्रबिन कुमार , बरिष्ठ दन्तरोग विशेषज्ञ प्राडा पाशा सहितको टोली खटिएको थियो । यस्तै बरिष्ठ बालरोग विशेषज्ञ प्राडा अतनु पान, बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ प्राडा हेमन्त कुमार गुप्ता, बरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डा अपार पोख्रेल, बरिष्ठ जनरल फिजिसियन डा जीतप्रसाद सहित ३० जनाको प्राविधिक टोलीले विभिन्न ८ वटा विधामा परीक्षण उपचार गरेका थिए ।

गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलको रक्तचाप जाँच गरी शिविरको उदघाटन गरिएको थियो । शिविरमा पुरानो मेडिकल कलेज र ट्याब्लेट इन्डिया फार्मासिटिकल्स, श्रीयम सप्लायर्स र टाइम फर्मासिटिकल्सको सहयोगमा विरामीका लागि निशुल्क औषधिको व्यवस्था मिलाइएको थियो ।

नेपालकै पुरानो निजी अस्पताल पुरानो मेडिकल कलेजले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत शिविर सञ्चालनको लागि सहयोग गरेको अस्पतालका बजार तथा जनसम्पर्क बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपानेले बताए ।

पुरानो मेडिकल कलेजले सरकारी कार्यक्रमहरु स्वास्थ्य वीमा, कडा रोगको उपचार सहुलियत, निशुल्क डट्स कार्यक्रम , निशुल्क पाठेघरको शल्यकृया तथा भु पु भारतीय नागरिकका लागि निशुल्क स्वास्थ्य उपचार कार्यक्रम इ सि एच एस सेवा दिदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *