प्रदेश नं १ ले चार वटा अस्पतालको स्तरउन्नती गर्ने

विराटनगर, ९ चैत । प्रदेश नं १ को सरकारले जिल्लास्थित अस्पतालको सेवा सुविधा प्रभावकारी बनाउने कार्य शुरु गरेको छ । प्रदेश सरकारअन्तर्गत रहेका तीन जिल्लाका चार वटा अस्पतालमा ५० श्ययामा स्तरवृद्धि र सेवा सुविधा थप गर्ने कार्य सामाजिक विकास मन्त्रालयले शुरु गरेको हो ।

मन्त्रालयले मोरङको रङ्गेली जिल्ला अस्पताल, मङ्गलबारेको स्वास्थ्य केन्द्र, झापाको दमक जिल्ला अस्पताल र उदयपुर जिल्लाको कटारी अस्पताललाई स्तरोवृद्धि गर्ने कार्य शुरु गरेको हो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङ, झापा र उदयपुुरअन्तर्गतका चार वटा अस्पतालको स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरी कार्य अगाडि बढाइएको बताए
। उनले श्यया थप गरी जनतालाई उपचारका लागि आवश्यक पर्ने विभिन्न सेवा तथा सुविधा सहजरुपमा पाउने गरी सञ्चालन गर्न लागिएको जानकारी दिए ।

हाल उक्त अस्पतालमा १५ श्यया रहेको छ । अस्पताल स्तरोन्नतिका लागि प्रत्येक जिल्ला अस्पतालका लागि प्रदेश सरकारले रु एक करोड ३० लाख रकम विनियोजिन गरिसकेको छ । मन्त्रालयले पहिलो चरणअन्तर्गत उक्त अस्पतालमा सेवा सुविधा उपलब्ध गराएकापछि प्रदेशअन्तर्गतका अन्य जिल्ला अस्पतालमा श्यया थप गरी विस्तार गरिने जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *