नि:शुल्क हुन्छ क्षयरोगको उपचार, १३ हजार बिरामी कहाँ हराए ?

काठमाडौँ, ८ चैत । सरकारले क्षयरोगको उपचार पूर्ण रुपमा निशुल्क गरेको छ । तर अझ पनि करीब २२ प्रतिशत बिरामी निशुल्क उपचारको पहुँचमा पुगेका छैनन् । सरकारले ती विरामी निजी स्वास्थ्य संस्थाबाट शुल्क तिरेर उपचार गराईरहेको अनुमान गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रतिवर्ष नयाँ ४५ हजार नयाँ क्षयरोगका बिरामी थपिने गर्दछन् । पुरानो र नयाँ गरेर ६० हजार क्षयरोगी भएको उसको अनुमान छ । सरकारले आफ्नो विवरणमा नआएका करीब १३ हजार क्षयरोगी निजी क्षेत्रबाट उपचार लिएको हुनसक्ने आशंका गरेको छ ।

हामीले खोजपडताल त गरिरहेका छौँ तर पनि करीब १३ हजार नयाँ बिरामी सरकारको तथ्यांकमा छैन । त्यसैले यो निजी स्वास्थ्य संस्थाबाट औषधि खाएको पनि हुनसक्छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. भिमसिंह तिंकरीले भने । उनले अहिलेको चुनौती हराईरहेका क्षयरोगीलाई खोज्ने रहेको बताए ।

‘केही बर्ष अघिसम्म क्षयरोगलाई भयावह अवस्थामा हेरिने गरिएको भएपनि अब भने यसलाई नियन्त्रण गर्न सकिने रोगको सूचिमा राखिएको छ । नियमित औषधि खाए क्षयरोग निको हुन्छ । सरकार तथ्यांकले पनि नयाँमा ९१ प्रतिशत र पुरानोमा ८९ प्रतिशत निको हुने दर देखाएको छ,’ निर्देशक डा. तिंकरीले भने ।

‘समय अवको : क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ आगामी आइतबार विश्व क्षयरोग दिवस मनाइदै छ । सोही अवसरमा केन्द्रद्धारा आयोजित पत्रकार सम्मेलनमा क्षयरोगको अवस्था र नियन्त्रणका लागि सरकारले चालेका कदमका बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा बोल्दै केन्द्रका योजना अनुगमन तथा मूल्यांकन शाखा प्रमुख अनिल थापाले क्षयरोग नियन्त्रणका लागि ४ हजार ३२३ वटा डटस उपचार केन्द्र, ६ सय ४ प्रयोगशाला, ५६ वटा जीन एक्सपर्ट केन्द्र र २ वटा राष्ट्रिय प्रेशण प्रयोगशाला क्रियाशिल रहेको जानकारी दिए ।

यस्तै थापाले औषधि प्रतिरोधी क्षयरोगका लागि २१ वटा उपचार केन्द्र र ८१ वटा उपकेन्द्र र ६ वटा डीआर होस्टल सञ्चालनमा ल्याइएको बताए । उनले एमडीआर क्षयरोगीको संख्या बार्षिक १ हजार बढी हुने अनुमान गरिएपनि गतवर्षमा ४२० जना मात्रै केन्द्रको तथ्यांकमा आएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “नि:शुल्क हुन्छ क्षयरोगको उपचार, १३ हजार बिरामी कहाँ हराए ?

  1. ‘सरकारले विरामी निजी स्वास्थ्य संस्थाबाट शुल्क तिरेर उपचार गराईरहेको अनुमान गरेको छ । re ‘sarkar le aausadhi puryauna nasakepachhi ke garos patient. Bara jilama 3 months dekhi catII ko med विरामी निजी स्वास्थ्य संस्थाबाट शुल्क तिरेर kinera khairaheko chha. Ga. Pa. ra DPHO ma patak patak take garda ni medicine pako chhain.

Leave a Reply

Your email address will not be published. Required fields are marked *