वीर अस्पतालका पूर्व निर्देशक डा. रामप्रसाद श्रेष्ठको निधन

काठमाडौँ, ७ चैत । वीर अस्पतालका पूर्व निर्देशक एवं बरिष्ठ जनरल सर्जन डा. रामप्रसाद श्रेष्ठको निधन भएको छ ।

डा. श्रेष्ठको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार विहान निधन भएको हो । डा. श्रेष्ठ फोक्सो क्यान्सरबाट पिडीत थिए ।

नेपाल सरकारको एघारौँ तहका डाक्टर श्रेष्ठ विसं २०५६ पुस २१ देखि २०५८ असार १ सम्म निर्देशक भएका थिए । सरकारी सेवाबाट अवकाश लिएपछि उनी चावहिलस्थित मेडिकियर अस्पताल र सितापाइलास्थित मनमोहन मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत थिए । उनी मनमोहन अस्पतालको समेत पूर्व निर्देशक थिए ।

त्यसबाहेक उनी विभिन्न शैक्षिक गतिविधिमा समेत सक्रिय थिए । करीब एक बर्ष अघि उनलाई चौथो स्टेजको क्यान्सर भएको पत्ता लागेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *