डा. प्रमोद यादव बने राष्ट्रिय ट्रमा सेन्टरको निर्देशक

काठमाडौँ, ५ चैत । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तरगर्तको राष्ट्रिय ट्रमा सेन्टरको कार्यकारी निर्देशकमा डा प्रमोद यादव नियुक्त भएका छन् ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आज मन्त्रीस्तरीय निर्ण गर्दै यादवलाई निर्देशकमा नियुक्त गरेका हुन् । डा यादव १० औँ तहका जनरल सर्जन हुन् ।

यसअघि ट्रमाका निर्देशक डा प्रमोद उपाध्याय थिए । करीब तीन बर्ष निर्देशक जिम्मेवारी सम्हालेपछि उनले गत २४ असोजमा व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएका थिए । डा उपाध्यायले राजिनामा दिएपछि ट्रमामा निमित्त जिम्मेवारी डा विनोद शेरचनलाई दिइएको थियो ।

त्यसो त डा यादवलाई ट्रमाको निर्देशक बनाउने विषयमा सत्ता साझेदर दलहरु नेकपा र फोरमबीच यसअघि नै सहमति भईसकेको थियो ।

न्याम्सको उपकुलपति, रेक्टर, रजिष्टार र वीर अस्पतालको निर्देशक सहित ट्रमाको निर्देशकको समेत एकैपटक सहमति भएपनि उनको नियुक्ति आज भएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *