एमबीबीएस चौथो बर्षका विद्यार्थी मृत अवस्थामा फेला

फोटो : उमेश पुन

पोखरा, ३ चैत । पोखरास्थित गण्डकी मेडिकल कलेजमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत शिशिर केसी शनिबार फेवातालमा मृत फेला परेका छन् । २२ वर्षीय शिशिर म्याग्दीको बेनी नगरपालिका–८ निवासी हुन् ।

बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक कोमल शाहका अनुसार प्याराग्लाइडिङ ल्यान्ड हुने ठाउँ खपौदी क्षेत्रनजिकै फेवातालमा उनको शव फेला परेको हो ।

प्रहरीका अनुसार केसीले एक सहपाठीलाई एमएमएस गरेर ‘मलाई खोज्न अन्त नजानू, फेवातालमा आउनू’ भनेका थिए । उनले एसएमएसमा भनेकै ठाउँमा शव भेटिएको प्रहरीको भनाइ छ ।

शनिबार बिहान करिब साढे ७ बजे कोठाबाट निस्किएका केसीले आत्महत्या गरेको अनुमान छ । डराउने, मुटु हल्लिनेजस्ता समस्याबाट पीडित उनले केही समययता औषधि सेवन गर्दै आएका उनका सहपाठीले बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *