एक महिलाले जन्माइन नौ मिनेट भित्र छ सन्तान

एजेन्सी । अमेरिका टेक्सास राज्यको ह्युस्टनमा एक महिलाले एकैसाथ ६ शिशुको जन्म दिएकी छिन् । द वुमन्स हस्पिटल अफ टेक्सासमा उनले ९ मिनेटको समयमा ६ बच्चा जन्माएकी हुन् ।

अस्पतालका अनुसार थेलमा चेका नाम गरेकी ती महिलाले गत शुक्रबार बिहान ४ बजेर ५० मिनेटदेखि ४ बजेर ५९ मिनेटको अन्तरालमा ४ छोरा र २ छोरीको जन्म दिएकी हुन् ।

अस्पतालले एकै पटक ६ शिशु जन्माउने चेकाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

चिकित्सकका अनुसार नवजात शिशुहरुको तौल १ पाउण्ड १२ औंस देखि २ पाउण्ड १४ औंससम्म रहेको छ । उनीहरुको अवस्था स्थिर रहेको जनाइएको छ ।

थेलमाले आफ्ना दुई छोरीहरुको नाम जीना र ज्युरेल राखिसकेकी छन् । चार जना छोराहरुको नाम भने अझै राख्न बाँकी रहेको बताएकी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *