‘सुनौलो हजार दिन’ भित्रका १८० महिलालाई अण्डा वितरण

वालिङ, ३ चैत । वालिङ नगरपालिका–१ ले वडाभित्रका सुनौलो हजार दिन (गर्भवती भएदेखि सुत्केरी भएका दुई बर्षसम्म)का १८० महिला लाई अण्डा वितरण गरेको छ ।

शनिबार  वडा नं १ कार्यालयको आयोजना र दियालो गैरसरकारी संस्थाको सहकार्यमा वडाभित्र रहेका सुनौलो हजार दिनका महिलालाई एक-एक क्यारेट अण्डा वितरण गरेको हो । कार्यक्रममा उनीहरुलाई पोषणसम्बन्धी अभिमुखीकरण समेत गराईएको थियो ।

वडाध्यक्ष एवं नगर प्रवक्ता केदार काफ्लेले महिला लक्षित कार्यक्रमअन्तर्गत वडाबाट विनियोजित रु ५० हजार रकमले कार्यक्रम सञ्चालन गरिएको र यसलाई अर्ध वार्षिकरूपमा सञ्चालन गर्दै लैजाने बताए।

“वडा नं १ ले सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्यलाई ध्यानमा राख्दै अण्डा वितरण गर्ने कार्य प्रशंसनीय छ”, वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले भने, “आमा र बच्चाको स्वास्थ्यप्रति सजग रहँदै बजारमा प्याक गरिएका आहारभन्दा घरमै उत्पादन हुने पौष्टिक तत्वको अधिकतम प्रयोग गर्नतर्फ प्रेरित गर्दै जानुपर्छ ।”

बच्चा आमाको गर्भमा रहेको दिनदेखि एक हजार दिन अर्थात जन्मिएको दुई वर्षसम्ममा बच्चाको ८० प्रतिशत मस्तिष्कको विकास भइसक्ने भएकाले सुनौलो हजार दिनअन्तर्गत खास गरेर बच्चामा कुनै पनि किसिमको कुपोषण नदेखियोस् भन्ने हेतुले अण्डा वितरण कार्यक्रम सञ्चालन गरेको वडा कार्यालयले जनाएको छ ।

वडा नं १ मा जस्तै कार्यक्रम वालिङका १४ वटै वडामा सञ्चालन गर्दै समग्रमा नगरपालिकालाई नै सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्यमा टेवा पु¥याउने गरी योजना बनाउनुपर्नेमा नगर उपप्रमुख कल्पना तिवारीले बताइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *