युवा चिकित्सक संघ नेपालको पहिलो साधारण सम्पन्न, डा. बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौँ, २ चैत । युवा चिकित्सक संघको अध्यक्षमा डा चेतन बस्नेत निर्वाचित भएका छन् । शनिबार राजधानीमा भएको संघको पहिलो साधारण सभाले डा बस्नेतको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति गठन निर्वाचित गरेको हो ।

साधारणसभाबाट नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा डा उमेशप्रसाद भट्टराई, उपाध्यक्षमा डा संगिता भुसाल, उपाध्यक्ष डा. कृष्ण हमाल र महासचिव डा सुलोचन लोहनी निर्वाचित भएका छन् । यस्तै सचिवमा डा रविन बस्नेत, अर्का सचिवमा डा केशवराज न्यौपाने, कोषाध्यक्ष डा राज्य खड्का र सह कोषाध्यक्ष डा उत्सव तिमिल्सेना निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा डा रविन ज्ञवाली, डा किशोर शाही, डा रोमन धिताल, डा दीपक शर्मा, डा अनुज श्रेष्ठ र डा सरोज कार्की निर्वाचित भएका छन् । भेलाले डा विष्णु भण्डारीलाई प्रमुख सल्लाहकारलाई चयन गरेको छ ।

यसअघि साधारण सभालाई नेपाल मेडिकल काउन्सिलका सदस्य डा कालुसिंह खत्री, सरकारी चिकित्सक संघ नेपाल (गोदान)का अध्यक्ष डा दीपेन्द्र पाण्डे लगायतले शुभकामना दिएका थिए । उनीहरुले चिकित्सा क्षेत्रका समस्याकाबारेमा चर्चा गरेका थिए ।

यस्तै कार्यक्रममा डा. विकास जैशी , डा सभना प्रधान, डा. प्रविन्द्र अधिकारी ,डा. राम थापा क्षेत्री , डा. क्षीतिजजंग बोहरा, डा. हुलास अग्रवाल, डा. अनिरा बैध्य , डा. खुम्ब जोशी लगायतले शुभकामना दिएका थिए । साधारणसभामा संयोजक, संस्थापक सदस्य , आजिवन सदस्य , साधारण सदस्य गरि करिब ७० जनाको उपस्थिति थियो ।

उक्त सभालाई एकीकृत बनाउन डा. भुगोल, डा. टेकेन्द्र, डा. बिकास , डा. घनश्याम, डा. अच्युत, डा. रबिन , डा. राम, डा. अमृत , डा. दिनेश , डा. उत्सव , डा. हुलास , डा. कालू , डा. दिपेन्द्र लगायतले मध्यस्थकर्ताको भुमिका खेलेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *